दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
थप दाइजोको माग गर्दै सप्तरीकी एक महिला परिवारबाटै निर्घात कुटिएकी छिन् ।
जिल्लाको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारकी २७ वर्षिया लक्ष्मी भगत पति संजिव, ससुरा शिवदयाल, सासु सीता, जेठानी अन्जु र नन्द रन्जुबाट निर्घात कुटिएकी हुन् ।
मागे जतिको दाइजो नल्याएको तथा आफूहरु बिरुद्ध प्रहरी र अदालतसम्म पुगेको निहुमा तीन दिन अघि परिवारबाट निर्घात कुटिएकी उनको उपचार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको छ ।
कुटपिटबाट उनको घाँटी, ढाड, पाखुरा, टाउँको लगायत शरीरभरि चोट लागेको छ । दराजबाट लुगा निकाल्दै गरेका बेला अचानक किन दराज खोलेको ? भनेर प्लास्टिकको पाइप, लाठी र मुड्कीले अन्दाधुन्द कुटपिट गर्न थालेको उनले सुनाइन ।
उनको शरीरको विभिन्न भागमा गहिरो चोट देखिएकाले चिकित्सकले थप उपचारका लागि बाहिर लैजान सल्लाह दिएको बुबा राजेन्द्र साहले बताए ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका माइत भएकी लक्ष्मीमाथी उनको परिवारले गरेको पार्शविक हिंसाको चस्यो पहिलो घटना भने होइन् । भगत पेट्रोल पम्पका संचालक संजिवसँग चार वर्षअघि विवाह गरेकी उनले यस अवधीमा पति, सासु, ससुरा, नन्दको कुटाईका कारण पटक पटक मृत्यु शैय्यामा पुग्नु परेको बताइन् ।
विवाहको केही महिनापछि नै परिवारबाट दाइजोका लागि यातना दिन सुरु भएको उनको भनाई छ । विहेमा सात धुर जग्गा बेचेर दाइजो दिएको बताउँदै लक्ष्मीका बुबा राजेन्द्रले भने, थप दाइजो माँग भई आएको र आफ्नो हैसियतले नभ्याउने जवाफ फर्काए पछि छोरीमाथी यातना दिने क्रम बढ्दै गएको हो ।
निरन्तरको यातना सहन नसकेपछि उनी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा गर्न पुगेकी थिइन् । उक्त मुद्दामा २०७८ पुस १९ गते अदालतले अन्तरिम संरक्षणात्मक आदेश जारि गरेको थियो । आदेलतको आदेश अनुसार लक्ष्मीलाई प्रहरीले सुरक्षित साथ बस्ने गरि केही दिन अघि मात्र गृह प्रवेश गराएको थियो । तर त्यसपछि विपक्षि बनाइएका परिवारका सदस्यहरु झन उग्र रुपमा प्रस्तुत भएको लक्ष्मीको भनाई छ ।
अदालतको आदेशपछि गृह प्रवेश पाएकी छोरीमाथी पहिले भन्दा पनि झन यातनाको क्रम बढ्यो, बुबा, राजेन्द्रले भने, अब कसरी र कहाँ न्याय पाउने ? पीडित महिलालाई निशुल्क कानुनी सहायता प्रदान गरिरहेकी मधेश प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यलय राजबिराजकी कानुनी अधिकृत अधिवक्ता किरण साहले विभिन्न बहानामा लक्ष्मी माथी भएको हिसां विरुद्ध आफु अधि बढेको र पिडितलाई न्याय मिल्ने विश्वास व्यक्त गरिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले कुटपिटमा संलग्न पिडित महिलाका पति संजिबलाई विहिबार पक्राउ गरिएको जानकारी दिदै उनका ससुरा शिवदयाललाई भने अस्वस्थ्य रहेका कारण तारेखमा छाडिएको बताए । घटना बारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
थप दाइजो माग गर्दै परिवारबाटै निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
सारांश
- जिल्लाको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारकी २७ वर्षिया लक्ष्मी भगत पति संजिव, ससुरा शिवदयाल, सासु सीता, जेठानी अन्जु र नन्द रन्जुबाट निर्घात कुटिएकी हुन् ।
- मागे जतिको दाइजो नल्याएको तथा आफूहरु बिरुद्ध प्रहरी र अदालतसम्म पुगेको निहुमा तीन दिन अघि परिवारबाट निर्घात कुटिएकी उनको उपचार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको छ ।
- कुटपिटबाट उनको घाँटी, ढाड, पाखुरा, टाउँको लगायत शरीरभरि चोट लागेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया