दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पालेको बञ्चरो प्रहारबाट हत्या भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहले लागु औषध गाँजा सेवन गरि बन्चरोले घाँटीमा प्रहार गरेपछि गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् । यता गम्भिर घाइते मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार बिराटनगर लगिदै गर्दा मिश्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो घटनाको विरोधयमा तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा स्थानियहरुले प्रदर्शन गर्नुका साथै यातायात अवरोध गरेका छन् । हत्यामा संलग्न रहेकाहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै प्रदर्शन गरिएको हो ।
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
सारांश
- तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
- १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
- सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहले लागु औषध गाँजा सेवन गरि बन्चरोले घाँटीमा प्रहार गरेपछि गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया