दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले साइबर क्राइम, लागु औषध जस्ता बिषयहरुमा किशोर किशोरीहरुलाई सचेतना जगाउने कार्य गरेको छ ।
गाउँपालिकाद्वारा बिहीबार आयोजित लागु औषध दुब्र्यवसनविरुद्ध अभिमुखिकरण तथा स्थानीय तहमा अपराध न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउन सुरु गरेको हो ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जिल्लामा लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो रहेको बताउदै किशोरकिशोरीमा लागु औषधको कुलत अत्यधिक देखापरेको उल्लेख गरे ।
उनले विगतको तुलनामा पछिल्लो पाँच महिनामा मुद्दा दर्ता हुने संख्यामा कमी आएको जिकिर गरे । उनले अदालतबाट कैद सजाय तोकिएका ब्यक्तिहरु खुलेआम घुमिरहेका हुन्छन् त्यसकारण सजाय तोकिएका त्यस्ता ब्यक्तिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ विशेष जोड दिए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले गाउँपालिका बोर्डर एरिया भएकाले लागु औषध नियन्त्रणका लागि लागिपरेको जानकारी दिँदै गाउँपालिकाले किशोर किशोरी लक्षित सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत, कमल कुमार मण्डल, सत्यनारायण मण्डल, प्रधानाध्यापक रामप्रसाद यादवसहितकाले अपराध न्युनिकरण बारे सुझाव दिएका थिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले स्वागत गरेकी कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले संचालन गmस्रेका थिए ।
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य
सारांश
- गाउँपालिकाद्वारा बिहीबार आयोजित लागु औषध दुब्र्यवसनविरुद्ध अभिमुखिकरण तथा स्थानीय तहमा अपराध न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउन सुरु गरेको हो ।
- सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जिल्लामा लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो रहेको बताउदै किशोरकिशोरीमा लागु औषधको कुलत अत्यधिक देखापरेको उल्लेख गरे ।
- उनले विगतको तुलनामा पछिल्लो पाँच महिनामा मुद्दा दर्ता हुने संख्यामा कमी आएको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया