दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
संयुक्त बजार अनुमगन टोलीले शुक्रबार राजविराजको विभिन्न किराना पसलमा अनुगमन गरि बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिएको छ ।
स्थानिय बजारमा म्याद गुज्रिएका अखाद्यय बस्तु खुल्ला बिक्रि बितरण भइरहेको जनगुनासो आएपछि केही दिनयता बजार अनुगमनलाई तिब्रता दिइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि नेत्र बास्तोला, उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नयायिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादवका साथै उद्योग बाणिज्य संघका प्रतिनिधि तथा संचारकर्मीहरु सहभागि छन् ।
यसअघि बिहीबार सोही टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन गरिएको थियो । म्याद गुज्रिएका टुबोर्ग र किंगफिसर कम्पनीका क्यान र बियरका बोतलहरु नियन्यत्रणमा लिई नष्ट गरिएको थियो ।
म्याद गुज्रिएका तथा अखाद्यय बस्तुको बिक्रि बितरण गरेको फेरी पाइए कानुन बमोजिम कारवाही गरिने चेतावनीसहित एक पटक सम्झाएर छाडिने गरिएको उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
अनुगमनसँगै टोलीले ब्यापारीलाई उपभोक्ता मारमा नपर्ने गरि व्यापार गर्न सुझाव समेत दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
अनुगमन टोली बजार घुम्दै गरेको सुइको पाएपछि स्थानिय कतिपय व्यापारी धमाधम पसल बन्द गरेर निस्केका थिए ।
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द
सारांश
- स्थानिय बजारमा म्याद गुज्रिएका अखाद्यय बस्तु खुल्ला बिक्रि बितरण भइरहेको जनगुनासो आएपछि केही दिनयता बजार अनुगमनलाई तिब्रता दिइएको हो ।
- सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि नेत्र बास्तोला, उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नयायिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादवका साथै उद्योग बाणिज्य संघका प्रतिनिधि तथा संचारकर्मीहरु सहभागि छन् ।
- यसअघि बिहीबार सोही टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया