पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 

राजविराज राजविराज
|
बिहिबार, पौष १५, २०७८
|
|
४४ पटक हेरिएको
Shares
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 

सारांश

  •     सप्तरीका स्पिनर अजय यादबले उत्कृष्ट बलिङ गर्दै धनुषाको ७ बिकेट लिएपछि उक्त जित हासिज गरेको हो ।
  • मबिव क्याम्पस खेलमैदानमा टस जितेर धनुषाले निर्धारित ४७ ओभरको खेलमा ३५ ओभर ४ बल खेल्दै सबै बिकेट गुमाई १ सय ३ रन मै सिमित रहयो ।
  • जसमा हिमांसु दत २६, हरेकृष्ण साह २१, रंजित यादब १९ तथा रौनक रत्नमले १० रन बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
    राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बिहीबार सप्तरी र रौतहट बिजयी भएका छन् । 
    सप्तरीका स्पिनर अजय यादबले उत्कृष्ट बलिङ गर्दै धनुषाको ७ बिकेट लिएपछि उक्त जित हासिज गरेको हो । मबिव क्याम्पस खेलमैदानमा टस जितेर धनुषाले निर्धारित ४७ ओभरको खेलमा ३५ ओभर ४ बल खेल्दै सबै बिकेट गुमाई १ सय ३ रन मै सिमित रहयो । जसमा हिमांसु दत २६, हरेकृष्ण साह २१, रंजित यादब १९ तथा रौनक रत्नमले १० रन बनाएका थिए । 
    बलिङतर्फ सप्तरीका स्पिनर अजय यादबले १० ओभरमा २६ रन दिएर ७ बिकेट लिएका थिए भने रोहित सिँह, अनिल यादब, बिकास दासले १÷१ बिकेट लिएका थिए । 
    जवाफमा सप्तरीले २७ ओभर २ बल खेल्दै ५ बिकेट गुमाएर उक्त जित हासिल गरेको छ । जसमा टिमलाई जिताउन महबुव आलमले अविजित ३८, रोबिन सिँह अबिजित २८ तथा निरज यादबले १५ रन बनाएका थिए । यता धनुषाका दिवयान्सु मल्लिकले ३ बिकेट तथा रूपेश यादब र आकाश यादबले १÷१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच सप्तरीका अजय यादब घोषित भए । 
    यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रौतहटले महोत्तरीलाई ७५ रनले हराएको छ । टस जितेर रौतहटले निर्धारित ४० ओभरमा ८ बिकेट २ सय ४४ रन बनाएको थियो । जसमा सुरज साहले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ५ छक्का र ४ चौक्काको मदतले अविजित ८६ रन बनाएका थिए । त्यस्तै सचिन यादब ३८ र असचल चौधरी ३६, डब्लु मल्लिक २० रन र राज पटेल १२ रन जोडेका थिए । 
    यता बलिङतर्फ महोत्तरीका जेम्स मण्डल ४ बिकेट तथा आरसद अंसारी र रबी सिँह १÷१ बिकेट हात पारेका थिए । जवाफमा महोत्तरीले ३३ ओभर ३ बलमै सबै बिकेट गुमाई १ सय ६९ रन मै सिमित रहयो । जसमा सुजित साह ३९ रन, राहुल प्रताप सिँह ३८ रन हरेकृष्ण झा २७ रन राजकुमार सहनीले १४ रन बनाएका थिए । 
    बलिङतर्फ रौतहटका राजेश यादब ३ बिकेट नितेश यादब र डब्लु मल्लिक २÷२ तथा नरेश साह, शनि साह, सुरज साह १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका  सुरज साह घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?