अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, माघ १७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन

सारांश

  •     प्रतियोगितामा नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् ।
  • यस अघि विभिन्न तौल समुहमा भएको १२ प्रतिस्पर्धा मध्ये ८ मा जित हात पारेका नेपाली पुरुष पहलमानहरुले मंगलवारको अन्तिम प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रर्दशन गरे ।
  •       फाईनल खेलको विभिन्न ६ तौल समुहमा भएको पुरुष तर्फको ४ प्रतिस्पर्धामा नेपालका पहलमान निर्दोष भन्ने बाबा यादव, बसन्त थापा, राहुल थापा र बाबरले भारतका क्रमशःअशोक गुजर, शैलेन्द्र मुर्मुर,.

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 

    सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा संचालित स्व. साकेत चन्द्र मिश्र तेह्रौं अन्तराष्ट्रिय पुरुष तथा महिला कुश्ती प्रतियोगिता मंगलवार सम्पन्न भएको छ । 
    प्रतियोगितामा नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । यस अघि विभिन्न तौल समुहमा भएको १२ प्रतिस्पर्धा मध्ये ८ मा जित हात पारेका नेपाली पुरुष पहलमानहरुले मंगलवारको अन्तिम प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रर्दशन गरे । 
    फाईनल खेलको विभिन्न ६ तौल समुहमा भएको पुरुष तर्फको ४ प्रतिस्पर्धामा नेपालका पहलमान निर्दोष भन्ने बाबा यादव, बसन्त थापा, राहुल थापा र बाबरले भारतका क्रमशःअशोक गुजर, शैलेन्द्र मुर्मुर,.कटप्पा सिंह र सुरेन्द्र राजपुतलाई पराजित गरे । 
    यस्तै महिलतातर्फ भएको २ प्रतिस्पर्धामा भारतको आरती निषाद र सोनल सिंहले भारत कै निशा गुजर र ज्योति सिहलाई पराजित गरिन । चार दिन सम्म चलेको कुश्ती प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १२ महिला तथा ३० जना पुरुष खेलाडी सहभागी थिए । 
    प्रतियोगिता समाप्ती पछी आयोजक समितीका अध्यक्ष अजित कुमार मिश्र (पप्पु)को अध्ययतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी मधेश मधेश प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी लगायतले विजयी खेलाडीहरुलाई पृुरस्कार वितरण गरेका थिए ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकारद्वारा होलीको अवसरमा दुई दिन विदा
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित 
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित