महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल

राजविराज राजविराज
|
मंगलबार, मंसिर २४, २०७६
|
|
६४ पटक हेरिएको
Shares
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल

सारांश

  •     राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।
  •     टिममा महबुब आलम (कप्तान), सुरज पटेल (उपकप्तान), हरि शंकर साह, सुधिर चौधरी, विशाल सुशलींग, हासिम अंसारी, तिर्थ दास, आशिष झा (विकेटकिपर), अभिनाष अधिकारी, रूद्र प्रताप सिँह, बिवेक यादब, आदिल अंसारी, समसाद शेख, कुमार थापालाई चयन गरिएको प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
  • यसैगरी बैकल्पिक खेलाडीहरूमा रूपेश सिँह, अंशु कडेल र रौनक रत्नलाई चयन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    महबुब आलमको नेतृत्वमा १४ सदस्यीय प्रदेश २ को क्रिकेट टोली सोमबार राजविराजमा चयन भएको छ । सो टोलीमा सप्तरीका आलमसहित बिवेक यादव र आशिष झा समेत पर्न सफल भएका छन् । 
    राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।
    टिममा महबुब आलम (कप्तान), सुरज पटेल (उपकप्तान), हरि शंकर साह, सुधिर चौधरी, विशाल सुशलींग, हासिम अंसारी, तिर्थ दास, आशिष झा (विकेटकिपर), अभिनाष अधिकारी, रूद्र प्रताप सिँह, बिवेक यादब, आदिल अंसारी, समसाद शेख, कुमार थापालाई चयन गरिएको प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन । यसैगरी बैकल्पिक खेलाडीहरूमा रूपेश सिँह, अंशु कडेल र रौनक रत्नलाई चयन गरिएको छ । 
    बन्द सत्रबाट छनोट भएका प्रदेश २ क्रिकेट टिमले यही पुस १५ गते देखि प्रदेश नं. १ को सुनसरीको ईनरूवामा हुन गईरहेको मनमोहन स्मृति एकदिवसिय क्रिकेट (५०÷५० ओभर) को प्रतियोगितामा सहभागिता जनाउने प्रदेश सचिव श्रेष्ठले बताए ।
    प्रदेश २ अन्तर्गत सप्तरीसहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीहरू बन्द सत्रमा प्रतिनिधित्व गर्दै अभ्यास गराईएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
ट्रक दुर्घटनामा दुईको मृत्यु
ट्रक दुर्घटनामा दुईको मृत्यु
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ