जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने

राजविराज राजविराज
|
आइतबार, चैत्र २५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने

सारांश

  •     राजबिराज नगरपालिका र सप्तरी क्रिकेट संघबीच उक्त प्रतियोगिता संचालनका लागि एक कार्यक्रम बिच सम्झौता भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
  •       बैशाखको अन्तिम सातादेखि राजबिराजमा संचालन हुने उक्त प्रतियोगिताका लागि राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परिवनले सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलाई सम्झौता पत्र हस्तान्तरण गरेकी छिन् ।
  •       सो अवसरमा कावा प्रमुख परविनले सप्तरीमा क्रिकेट खेलको बिकासका लागि नगरपालिकाले प्रत्येक बर्ष मेयर कप प्रतियोगिताको लागी नगरस्तरिय योजनामा राख्दै आएको बताईन ।

दैनिक समाचारदाता
राजविराज, २५ चैत । 

    जिल्लाकै प्रतिष्ठित सप्तरी प्रिमियर लिग मेयर कप (सिजन ६) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी बैशाखमा संचालन हुने भएको छ । यसका लागि आइतबार राजविराज नगरपालिकासँग सम्झौता समेत भएको छ । 
    राजबिराज नगरपालिका र सप्तरी क्रिकेट संघबीच उक्त प्रतियोगिता संचालनका लागि एक कार्यक्रम बिच सम्झौता भएको सप्तरी क्रिकेट संघले जनाएको छ । 
    बैशाखको अन्तिम सातादेखि राजबिराजमा संचालन हुने उक्त प्रतियोगिताका लागि राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परिवनले सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलाई सम्झौता पत्र हस्तान्तरण गरेकी छिन् । 
    सो अवसरमा कावा प्रमुख परविनले सप्तरीमा क्रिकेट खेलको बिकासका लागि नगरपालिकाले प्रत्येक बर्ष मेयर कप प्रतियोगिताको लागी नगरस्तरिय योजनामा राख्दै आएको बताईन । उनले संसारमा सबै भन्दा बढी खेल्ने खेल भनेकै क्रिकेट भएकोले सप्तरी क्रिकेटको बिकासका लागि नगरपालिका कहिले पछाडी नहट्ने प्रतिबद्धता जनाइन् । 
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद गुरुङले बिश्वमा नेपाललाई चिनाउन सप्तरीले थुप्रेै अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडी उत्पादन गर्न उर्वर भूमी रहेकोले स्थानिय सरकारले क्रिकेट खेलको बिकास गर्न प्राथमिकतामा राख्नु पर्ने बताए ।
    सम्झौता कार्यक्रममा बोल्दै सप्तरी क्रिकेट संघका अध्यक्ष श्रेष्ठले सप्तरी प्रिमियर लिग मेयर कप प्रतियोगिता मधेश प्रदेश कै उत्कृष्ट प्रतियोगिता रहेको बताउदै मेयर कप नेपाल क्रिकेट संघको बार्षिक क्यालेन्डरमा समेत रहेकोले प्रतियोगिताको महत्व बढेको बताए ।
    उक्त प्रतियोगिता खेलाडी खरिद बिक्री (अक्सन) माध्यमवाट देश भरीकै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको आवेदन मार्फत गरेर उनीहरूको सहभागितामा प्रतियोगिता गरिने बताए । 
    उक्त अवसरमा राजबिराज नगरपालिका स्वास्थ शाखा संयोजक निरन्जन यादब, शाखा अधिकृत कल्पना देव, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, कोषाध्यक्ष तुलानाथ माझी, समाजसेवी मोहम्मद फिरोज लगायत सप्तरी क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित