राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश

राजविराज राजविराज
|
सोमबार, आषाढ ३०, २०८२
|
|
१८ पटक हेरिएको
Shares
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश

सारांश

  •     सोमबार सम्पन्न खेलमा समुह ’ए’ बाट राजविराज राजदेवी रोयल्स र समुह ’बि’ बाट डिफेन्डिङ च्याम्पियन समेत रहेको तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरेका हुन् ।
  •       राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहँदा दोश्रो खेलमा तिरहुत टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको छ ।
  • नतिजा नआउदा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सले १÷१ अंक बाँडेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ३० असार । 

    राजविराजमा संचालित ७औं सिजनको सप्तरी प्राइड लिग चरणको खेलबाट राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश गरेको छ । 
    सोमबार सम्पन्न खेलमा समुह ’ए’ बाट राजविराज राजदेवी रोयल्स र समुह ’बि’ बाट डिफेन्डिङ च्याम्पियन समेत रहेको तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरेका हुन् ।  
    राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहँदा दोश्रो खेलमा तिरहुत टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको छ । नतिजा नआउदा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सले १÷१ अंक बाँडेका हुन् । 
    पवि स्कुल मैदानमा टस हारेर ब्याटिंग गरेको राजबिराज राजदेवी रोयलले १४. १ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहिन टुंगिएको हो । 
    राजविराज राजदेवी रोयल्सको लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए जुन क्रममा उनले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बसन्त यादवले अविजित २८, दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ तथा प्रविन यादवले १४ रन बनाए । 
    राजगढ वारियर्सको बलिंगमा रोशन यादवले सर्वाधिक ३ विकेट लिएका थिए जुन क्रममा उनले ३ ओभरमा २९ रन खर्चिए । बिकी पासवानले १ विकेट लिए । 
    सोमबारको दोश्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई १० विकेटले पराजित गर्यो । 
    वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गरेको रुपनी राइडर्सले ९.४ ओभरमा ५८ रन मात्र बनाउन सकेको थियो । ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेटायो । 
    टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए जुन क्रममा उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहेतयस् । 
    यस अघि पहिलो इनिंग्समा तिरहुट टाइगर्सका बलर चित्र बहादुर बिस्ट एक्लैले ५ विकेट लिंदै राइडर्सलाई सस्तोमै समेट्न अहम भूमिका निभाए । 
    प्लेयर अफ द म्याच बिस्टले ३ ओभरमा १२ रन खर्चेर माथिल्लो क्रम ध्वस्त पारे । यस्तै अजय यादवले ३ विकेट लिए जुन क्रममा २.४ ओभरमा १० रन खर्चिए । अनिल यादवले १ विकेट लिए । 
    राइडर्सको ब्याटिंगमा बिकी चौधरीले १५ तथा बिशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
    उक्त अवसरमा प्लेयर अफ दि म्याच चित्र बहादुर बिष्ट तथा गेम चेन्जर अजय यादबलाई राजबिराज नगरपालिका वडा ६ का वडा अध्यक्ष शशी चौधरी र नगर कार्यपालिका सदस्य सोनी रजकले कप, नगद पुरस्कार प्रदान गरेका थिए ।
    सोमबारको खेल पछि अंकतालिकाको समुह ’ए’ मा ३ खेलमा ५ अंकसहित राजविराज राजदेवी रोयल शिर्ष स्थानमा छ जसले सेमोफाइनलमा स्थान समत पक्का गरेको छ। समुह ’ए’ को दोश्रो स्थानमा ३ खेलमा ३ अंक सहित राजगढ वारियर्स छ । 
    समान २ खेल खेलेको कन्चनरुप राइनोज र हनुमाननगर हिरोज क्रमशः २ र ० अंक सहित तेश्रो र चौंथो स्थानमा छ ।
    हनुमान नगरको दोश्रो चरण पुग्ने सम्भावना समाप्त हुँदा राइनोजले भने अन्तिम खेलमा जित दर्ता गरे अर्को चरण पुग्नेछ । 
    यस्तै समुह ’बि’ अन्तर्गत तिरहुट टाइगर्स ३ खेलमा ६ अंक सहित समुहको शिर्ष स्थानमा रहेर सेमीफाइनलमा स्थान पक्का गरेको छ । रुपनी राइडर्स भने तिन वटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिर भएको छ ।
    रोयल च्यालेन्जर्स बाह्री वीरपुर र खडक वारियर्सको समान २ अंक छ । वीरपुर र वारियर्स बीच भोलि हुने खेलमा विजयी हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
राष्ट्र पर्व छठको तयारी सुरु
राष्ट्र पर्व छठको तयारी सुरु
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
स्व. विपी कोइरालाको सम्झना 
स्व. विपी कोइरालाको सम्झना