मैथिली भाषाले समुचित स्थान पाउन नसकेकोप्रति दुःख व्यक्त

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०७६
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  •     मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वाचित पदाधिकारीहरुको मंगलबार आयोजित शपथग्रहण एवम् पदस्थापन समारोहमा बोल्दै उनले विश्वकै अति कर्णप्रिय भाषाहरुमध्ये मैथिली भाषाले हालसम्म समुचित स्थान पाउन नसकेकोमा दुःख व्यक्त गरेका हुन् ।
  •       मैथिली भाषा साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न एकतावद्ध भएर अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
  • कार्यक्रमका प्रमुख अतिथि यादवले मातृभाषामा पठन–पाठन हुनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालय मात्र नभई निजी विद्यालयहरुमा समेत एउटा विषय मैथिली राख्न सकिने सुझाव दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
    निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले मैथिली भाषाले समुचित स्थान पाउन नसकेको प्रति दुःख व्यक्त गरेका छन् । 
    मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वाचित पदाधिकारीहरुको मंगलबार आयोजित शपथग्रहण एवम् पदस्थापन समारोहमा बोल्दै उनले विश्वकै अति कर्णप्रिय भाषाहरुमध्ये मैथिली भाषाले हालसम्म समुचित स्थान पाउन नसकेकोमा दुःख व्यक्त गरेका हुन् । 
    मैथिली भाषा साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न एकतावद्ध भएर अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि यादवले मातृभाषामा पठन–पाठन हुनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालय मात्र नभई निजी विद्यालयहरुमा समेत एउटा विषय मैथिली राख्न सकिने सुझाव दिए । 
    देशकै अति पुरानो साहित्यिक संस्थाको रुपमा रहेको मैथिली साहित्य परिषद् स्थापना भएको ५०औं वर्षमा प्रवेश गरेको अवस्थासम्म आईपुग्दा मिथिला साप्ताहिक पत्रिका, मिथिला कलेण्डर, वाणी प्रकाशन, भाषिक जागरण लगायतका गतिविधीहरु सराहनीय रहेको बताए । 
    सो कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नम्वर २ का सभासद् मनिष कुमार सुमनले मैथिली भाषा साहित्यको आफ्नै पहिचान एवतस्ं प्राचीन इतिहास रहे पनि उपेक्षाको सिकार रहँदै आएको जिकिर गरे । उनले प्रदेश २ मा कामकाजी भाषाको रुपमा मैथिलीको स्थान सुनिश्चित हुने दावी गर्दै प्रदेशको नामांकरणको विषयमा कसैको स्पष्ट बहुमत नरहेकोले अहिले नै केही भन्न नसकिने अवस्था रहेको बताए ।
    त्यस्तै कार्यक्रममा अर्का प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले मैथिली भाषा मल्लकालीन समयमा राजकाजको भाषा रहेको चर्चा गर्दै यसको स्थान सुनिश्चित गराउन आफुहरु प्रतिवद्ध रहेको बताए । 
    कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महासचिव जयप्रकाश ठाकुर, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, शुभचन्द्र झा, स्वेडेकका कार्यकारी निर्देशक ई. इन्द्रनारायण देव, परिषद्का अध्यक्ष पदका प्रत्यासी प्रा.डा. रामखेलावन यादव, हिन्दू स्वयम्सेवक संघका जिल्ला अध्यक्ष भोगेन्द्र झा, हिन्दी साहित्य प्रतिष्ठानका सचिव सुरेन्द्र प्रसाद गुप्ता, चित्रगुप्त सेवा समितिका सचिव प्रा. रणधीर कर्ण, मैथिल महिला परिषद्का अध्यक्ष शान्ति झा, मैथिली साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल (भरोषी), प्रतिष्ठानका सचिव विद्यानन्द वेदर्दी, पूर्व प्राचार्य भवेन्द्र प्रसाद यादव, अवकाशप्राप्त शिक्षक मन्जु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
    परिषद्का निवर्तमान अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित समारोहमा निर्वाचन समितिका प्रमुख पूर्व प्राचार्य नथुनी दासले नवनिर्वाचित अध्यक्ष सतिश दत्तलाई सपथग्रहण गराएका थिए भने अध्यक्ष दत्तले कार्यसमितिका नव निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका छन् ।
    गत असोज ११ गते सम्पन्न निर्वाचनबाट सतिशकुमार दत्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । अध्यक्ष पदमा दत्तले २ सय ९७ मत पाएर विजयी भएका छन् । उपाध्यक्ष पदमा श्यामसुन्दर यादव, सचिवमा अजय कुमार झा, उप–सचिवमा पंकज कुमार झा र कोषाध्यक्षमा अमरकान्त झा निर्वाचित भएका छन् । 
    समितिको सदस्यहरुमा जिबछ दास, मिथिलेश कुमार यादव, चन्दन यादव, भूपेश कुमार भूप,  विद्यानन्द राम र ध्रुबकुमार मण्डल विजयी भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ 
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ 
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै