दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले सूचना र प्रविधीको नयाँ नयाँ प्रयोग संगै पुस्तक र पत्रपत्रिका किनेर पढने पाठकहरुको संख्या घटदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
साहित्यक संस्था साझा प्रकाशनद्वारा जारि वृहत पुस्तक प्रर्दशनीको आईतवार अवलोकन गर्दै अध्यक्ष चौधरीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
अहिले विभिन्न पुस्तक र पत्रपत्रिका मोबाईलमा पनि सजिलै प्राप्त हुने भएकोले ज्ञानवद्र्धक पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएकोप्रति चिन्ताको विषय भएको उनले बताए ।
उनले वैकल्पिक सूचना र प्रविधीको बढदो प्रयोग संगै पूस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नु पर्ने बताए । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले संचालित पुस्तक प्रर्दशनी २२ असोज सम्म चल्ने आयोजक संस्था साझा प्रकाशनले जनाएको छ ।
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
सारांश
- साहित्यक संस्था साझा प्रकाशनद्वारा जारि वृहत पुस्तक प्रर्दशनीको आईतवार अवलोकन गर्दै अध्यक्ष चौधरीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
- अहिले विभिन्न पुस्तक र पत्रपत्रिका मोबाईलमा पनि सजिलै प्राप्त हुने भएकोले ज्ञानवद्र्धक पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएकोप्रति चिन्ताको विषय भएको उनले बताए ।
- उनले वैकल्पिक सूचना र प्रविधीको बढदो प्रयोग संगै पूस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नु पर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया