खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी

सारांश

  •     सो कार्यालयबाट खटिएको अनुगमन टोली शुक्रवार खाद्य अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको र खान नहुने बस्तु प्रयोग गरेको भन्दै तत्काल उत्पादन र बिक्री बितरण रोक्का गरी खाद्य अनुमति नलिए सम्मका लागि वरफ उद्योगमा शिलबन्दी गरिएको जनाइएको छ ।
  •     आईसक्रिम र वरफ बनाउनका लागि प्रयोग गरिएको साईक्रृन पाउडर जुन चिनी भन्दा पनि २६ गुणा गुलियो हुने तर शक्ति हिन हुने कारण स्वास्थका लागि बिषादी हुने गरेको खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश कुमार सिहले जानकारी दिएका छन् ।
  •     बच्चाहरूले अत्यधिक गुलियो मनपराउने भएकोले ब्यापारीहरूले चिनी प्रयोग गर्नुको सट्टा साईकृन पाउडर, अखाद्य रंग प्रयोग गरेका हुनाले तत्काल उद्योग बन्द गर्न निर्देशन दिइएको खाद्य बिज्ञ सिहले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर । 
    राजबिराज ६ स्थित निर्मला आईसक्रिम तथा वरफ उद्योगमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजले शिलबन्दी गरेको छ ।
    सो कार्यालयबाट खटिएको अनुगमन टोली शुक्रवार खाद्य अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको र खान नहुने बस्तु प्रयोग गरेको भन्दै तत्काल उत्पादन र बिक्री बितरण रोक्का गरी खाद्य अनुमति नलिए सम्मका लागि वरफ उद्योगमा शिलबन्दी गरिएको जनाइएको छ ।
    आईसक्रिम र वरफ बनाउनका लागि प्रयोग गरिएको साईक्रृन पाउडर जुन चिनी भन्दा पनि २६ गुणा गुलियो हुने तर शक्ति हिन हुने कारण स्वास्थका लागि बिषादी हुने गरेको खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश कुमार सिहले जानकारी दिएका छन् ।
    बच्चाहरूले अत्यधिक गुलियो मनपराउने भएकोले ब्यापारीहरूले चिनी प्रयोग गर्नुको सट्टा साईकृन पाउडर, अखाद्य रंग प्रयोग गरेका हुनाले तत्काल उद्योग बन्द गर्न निर्देशन दिइएको खाद्य बिज्ञ सिहले बताए ।
    यसैगरी राजबिराज ६ स्थित अर्का एक आईसक्रिम तथा वरफ उद्योग समेत अनुमति बिना संचालन भइरहेको पाइएकोले अनुमति लिएर मात्र संचालन गर्न निर्देशन दिदै तत्कालका उत्पादन र बिक्री बितरण बन्द गरिएको बिज्ञ सिंहले जानकारी दिए ।
    त्यस्तै राजविराज ६ स्थित एक मिष्ठान भण्डारबाट अबैध परमात्मा तेल ३ लिटर, म्याद गुज्रेको चिसो पेय पदार्थ ४ बोतल, हाईड्रो १ प्याकेट नियन्त्रणमा लिएर नष्ट गरिएको उदोग बाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साहले जानकारी दिएका छन ।
    त्यस्तै राजबिराज सिरहा रोडस्थित एक चिया तथा नास्ता पसलमा २ प्याकेट हाईड्रो, म्याद नाघेको १० वटा पेपसी बोतल जफत गरी नष्ट गरिएको छ ।
    यसैगरि राजबिराजकै दर्जनौ किराना पसल तथा मिठाई र नास्ता पसलमा पकाईएको मिठाई तथा नास्ता, खानालाई छोपेर नराख्ने, म्याद नाघेको खानेकुरा राखेको स्थानलाई सरसफाईमा ध्यान नदिएको, पकाउदा खेरी कर्मचारीले क्याप र एप्रोन नलगाइएको पाईएकोले एक पटकका लागि सचेत गराईएको टोलीका सदस्य राष्ट्रिय उपभोक्ता मंचका राजकुमार गुप्ताले जानकारी दिए ।
    खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको कार्यालय प्रमुख सुरेश कुमार सिंहको नेतृत्वको टोलीमा जिल्ला प्रशासन कार्यालयका सुशील कर्ण, राजबिराज नगरपालिका प्रतिनिधि संगिता परियार, राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष राजकुमार गुप्ता, उदोग वाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साह, पत्रकार चन्दनकुमार यादब, अरूण यादबसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा तीन लाख मुल्यको क्षति
आगलागिमा तीन लाख मुल्यको क्षति
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
विभिन्न पुरस्कारबाट  तीन पत्रकार सम्मानित
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव