सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, मंसिर २४, २०७५
|
|
११८ पटक हेरिएको
Shares
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन

सारांश

  •     स्थानिय राजरंगशालाबाट हरवाचरवा अधिकार मञ्च सप्तरीको अगुवाईमा निस्केको जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र समेत बुझाएको छ ।
  •       मञ्चका अध्यक्ष देवलाल रामको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा हरवाचरवाको सम्पूर्ण ऋण मिनाहा, हरवाचरवाका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था तथा नेपाल सरकारद्वारा तोकिएको न्यायोचित न्यून्तम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वय लगायतका माँग पुरा गर्न माँग गरिएको छ ।
  •       ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभाका सहभागि वक्ताहरुले मुलुकमा एक पछि अर्को परिवर्तन हुँदै गएपनि हरवाचरवाको अवस्था ज्युँको त्युँ रहेको भन्दै यसतर्फ प्रदेश र संघीय सरकारले अविलम्ब ध्यान दिनुपर्ने माँग गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    हरवाचरवाको जिवनस्तरमा सुधार ल्याउन आवश्यक बजेटको व्यवस्था लगायत हरवाचरवा सशक्तिकरण सम्बन्धी विभिन्न सात बुँदे माँग अघि सार्दै सोमबार राजविराजमा प्रर्दशन गरिएको छ । 
    स्थानिय राजरंगशालाबाट हरवाचरवा अधिकार मञ्च सप्तरीको अगुवाईमा निस्केको जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र समेत बुझाएको छ । 
    मञ्चका अध्यक्ष देवलाल रामको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा हरवाचरवाको सम्पूर्ण ऋण मिनाहा, हरवाचरवाका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था तथा नेपाल सरकारद्वारा तोकिएको न्यायोचित न्यून्तम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वय लगायतका माँग पुरा गर्न माँग गरिएको छ । 
    ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभाका सहभागि वक्ताहरुले मुलुकमा एक पछि अर्को परिवर्तन हुँदै गएपनि हरवाचरवाको अवस्था ज्युँको त्युँ रहेको भन्दै यसतर्फ प्रदेश र संघीय सरकारले अविलम्ब ध्यान दिनुपर्ने माँग गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ