आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना

राजविराज राजविराज
|
आइतबार, मंसिर २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना

सारांश

  •     आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिको अगुवाइमा सो कार्यालय अगाडी दुई घण्टा धर्ना दिइएको हो ।
  •          यसअघि संघर्ष समितिले शनिबार आन्तरिक राजश्व कार्यालय स्थापनका लागि आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
  •       आन्दोलनका कार्यक्रम अनुसार मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा तथा त्यसको भोलिपल्ट सोमबार २२ गते एक घण्टा थप गर्दै विहान ११ बजे देखी दिउसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।  

    आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको छ ।     
    आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिको अगुवाइमा सो कार्यालय अगाडी दुई घण्टा धर्ना दिइएको हो ।     
    यसअघि संघर्ष समितिले शनिबार आन्तरिक राजश्व कार्यालय स्थापनका लागि आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको थियो । 
    आन्दोलनका कार्यक्रम अनुसार मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा तथा त्यसको भोलिपल्ट सोमबार २२ गते एक घण्टा थप गर्दै विहान ११ बजे देखी दिउसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने रहेको छ । 
    यसैगरि मंसिर २३ गते सप्तरी जिल्ला भरीका सम्पुर्ण नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने निर्णय भएको संर्घष समितिका संयोजक मोहन कुमार यादवले बताए । 
    गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । करदाता सेवा कार्यालय राजविराज समेत सोही खारेजीमा परेकोले सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा उक्त निर्णय बिरुद्ध तीन चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
    तर नेपाल सरकारको राजश्व विभागको नीति अनुरुप ४० हजार करदाता भएको ठाउँमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने प्रावधान रहकोले गठित संघर्ष समितिले आन्तरिक राजश्व कार्यालय नै स्थापनाको माग राख्दै आन्दोलन सुरु गरेको हो ।  
    सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको छ ।
    बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान