दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
६५ पटक हेरिएको
Shares
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने

सारांश

  •     आईतवार छिनमस्ता वडा ७ लाई पुर्ण सरसफाई उन्मुख बस्ती घोषणका लागि आयोजित पुर्ण सरसफाई तथा अभिमुखिकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
  •     उनले भने छिन्मस्ता गाउपालीकालाई पुर्ण सरसफाई उन्मुख बस्ती, घोषणा गर्ने लक्ष्य रहेको हाटीलाई सरफाई उन्मुख नमुना बस्ती बनाउन सक्दो सहयोग गर्ने प्रतिबधता देखाउनु भएको छ ।
  •     प्रमुख यादबको पैतृक गाउँ समेत रहेको यस वडामा तीन वटा कल्स्टर मध्ये हाटीको यादब टोलका ४० घरधुरीमा सरसफाई अभिमुखिकरण कार्यक्रम गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।

चन्दन कुमार यादब
राजविराज, २६ माघ ।
    जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालीका ७ लाई दुई महिना भित्र नमुना उन्मुख बस्ती घोषणा गर्ने बताउनु भएको छ ।
    आईतवार छिनमस्ता वडा ७ लाई पुर्ण सरसफाई उन्मुख बस्ती घोषणका लागि आयोजित पुर्ण सरसफाई तथा अभिमुखिकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
    उनले भने छिन्मस्ता गाउपालीकालाई पुर्ण सरसफाई उन्मुख बस्ती, घोषणा गर्ने लक्ष्य रहेको हाटीलाई सरफाई उन्मुख नमुना बस्ती बनाउन सक्दो सहयोग गर्ने प्रतिबधता देखाउनु भएको छ ।
    प्रमुख यादबको पैतृक गाउँ समेत रहेको यस वडामा तीन वटा कल्स्टर मध्ये हाटीको यादब टोलका ४० घरधुरीमा सरसफाई अभिमुखिकरण कार्यक्रम गरेको सबल नेपालका प्रमेश्वर झाले बताए । 
    सो बस्तीमा पुर्ण सरसफाईका ७ वटा सुचक अनुसार चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई, वातावरणिय सरसफाइ ) मा सक्रिय बनाउन अभिमुखिकरण कार्यक्रमहरू संचालनमा ल्याएको सबल नेपालका फिल्ड अफिसर देवेश चौधरीले जानकारी दिए ।
    हाटीलाई नमुना बस्तीका लागि वस्तीहरु छनोट गरी वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिद्वारा छनोट भई उक्त वस्तीहरुमा विभिन्न समुहहरु गठन गरी कार्यक्रम संचालन गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।
    छिनमस्ता गाउपालीका ७ हाटीका वडा अध्यक्ष प्रमिला यादबले हाटीको पहिलो चरणमा यादब टोलका ४० घरधुरीलाई सफा स्वच्छ बस्ती बनाउनका लागि टोलको वाटो घाटो सरसफाई गर्ने, चर्पी प्रयोग नभएको प्रत्येक घरधुरीमा अनुगमन गर्न घरदैलो गर्ने बताईन,।
    उनले भनिन प्रत्येक घरमा भाँडो सुकाउने रयाक निर्माण गर्नुपर्ने, विभिन्न फोहोरहरु लाई कुहिने र नकुहिने छुटयाई व्यवस्थापन गरेको हुनुपर्ने र विभिन्न प्लास्टिक जन्य फोहोरलाई एक ठाँउमा जम्मा गरी विभिन्न सामाग्रीहरु बनाई प्रयोग ल्याएमा वडालाई सरसफाई उन्मुख बस्ती घोषणा गर्ने योजना रहेको बताईन।
    चर्पीमै नियमित दिसा पिसाव गर्ने, जोखिमपुर्ण अवस्थामा साबुनपानीले हात धुने, महिनावारी व्यवस्थापन, सुरक्षित खाना इत्यादि बारे जानकारी पाई सोही, अनुसार व्यवस्थापन गर्ने र घर आँगन वरीपरी नियमित सरसफाई गर्न अभिमुखिकरण सरसफाई अभियान सुरू गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।
    एसएनभि नेपालको सहयोगमा ‘सबल नेपाल ले सबैको लागि दिगो सरसफाई कार्यक्रम’ अन्तर्गत छिन्नमस्ता गाँउपालीकाको वडा नं ७ का तिनवटा बस्तीमा मा कार्यक्रम संचालनमा रहेको संयोजक प्रमेश्वर झाले जानकारी दिएका छन ।
    सरसफाई अभियानमा छिन्मस्ता गाउपालीका वडा ७ का वडा सदस्य बिन्देश्वर यादब, भुपेन्द्र यादब, शत्रुघन यादब, उषा रजक, सखडा प्रहरी चौकीका सई लक्ष्मण आलेमगर पत्रकार शुभनारायण यादब लगायत स्थानियहरूको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
अग्निपीडितलाई राहत प्रदान
अग्निपीडितलाई राहत प्रदान
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
धान रोपेर दिवस मनाइयो
धान रोपेर दिवस मनाइयो