दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबार भएको आगलागिबाट पीडित भएकाहरुलाई बुधबार धर्मी हल्फा महिला विकास क्लबले राहत बितरण गरेको छ ।
आगलागिबाट सर्वस्व गुमाई कष्टमा रहेका तिलाठी कोईलाडी गाउपालिका ३ सकरपुरा गाउका अग्नीपीडितहरु महन्थी मुखियाकी पत्नी कलमवति देवी र देवीलाल मुखियाकी पत्नी बेचनी देवीलाई क्लबका अध्यक्ष अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले सो राहत वितरण गरेका हुन् ।
उनले प्रति परिवार त्रिपाल, झुल, धोती, साडी, तन्ना, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु लगायतका राहत सामाग्रीहरु सो संस्ताले बितरण गरे ।
ती परिवारको घरमा आगलागि हुदा पाँच वटा घर तथा घरभित्र रहेका सम्पुर्ण सामानहरु आगोमा जलेर सखाप भएका छन् ।
राहत वितरणको अवसरमा तिलाठी कोइलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादव, वडा सदस्यहरु दिपक देव र रीता साह, प्रहरी चोकी तिलाठी र बेल्हीका प्रहरी नायब निरीक्षक हरी चौहान, सशस्त्र प्रहरी बल बेल्हिको प्रहरी नायब निरीक्षक हरिराम सिटौला, शिव कुमार मुखिया, राधा देवी खंङ्ग लगायतको उपस्थिति रहेको थियो ।
अग्निपीडितलाई राहत प्रदान
सारांश
- आगलागिबाट सर्वस्व गुमाई कष्टमा रहेका तिलाठी कोईलाडी गाउपालिका ३ सकरपुरा गाउका अग्नीपीडितहरु महन्थी मुखियाकी पत्नी कलमवति देवी र देवीलाल मुखियाकी पत्नी बेचनी देवीलाई क्लबका अध्यक्ष अध्यक्ष एवं समाजसेवी ई.
- सूर्य नारायण यादवले सो राहत वितरण गरेका हुन् ।
- उनले प्रति परिवार त्रिपाल, झुल, धोती, साडी, तन्ना, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु लगायतका राहत सामाग्रीहरु सो संस्ताले बितरण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया