दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
अबैध रुपमा घरमै राखेको कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ वस्ने शत्रुघन राम छन् ।
गोप्य सुचनाका आधारमा पुगेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प भारदह र नेपाल प्रहरीको संयुक्त टोलीले रामलाई सोमवार साँझ घरमै खाल्डो खनी राखेको अवस्थामा कटुवा पेस्तोलसहित रामलाई नियन्त्रणमा लिएको हो ।
रामले आफ्नो गाईगोठमा खाल्डो खनेर प्लास्टिकको झोलामा कटुवा पेस्तोल लुकाई राखेको गोप्य सुचनाको आधारमा पुगेको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खान तलासी गर्दा कटुवा पेस्तोल फेला परेको डिएसपी नरेश कुमार सिहंले जानकारी दिए ।
रामलाई मंगलवार खरखजाना मुद्दा अन्तर्गत सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
सारांश
- गोप्य सुचनाका आधारमा पुगेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प भारदह र नेपाल प्रहरीको संयुक्त टोलीले रामलाई सोमवार साँझ घरमै खाल्डो खनी राखेको अवस्थामा कटुवा पेस्तोलसहित रामलाई नियन्त्रणमा लिएको हो ।
- रामले आफ्नो गाईगोठमा खाल्डो खनेर प्लास्टिकको झोलामा कटुवा पेस्तोल लुकाई राखेको गोप्य सुचनाको आधारमा पुगेको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खान तलासी गर्दा कटुवा पेस्तोल फेला परेको डिएसपी नरेश कुमार सिहंले जानकारी दिए ।
- रामलाई मंगलवार खरखजाना मुद्दा अन्तर्गत सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया