दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
चोरी निकासी गरि नेपालबाट भारततर्फ लैजादै गरेको ७४ कार्टुन मदिरा र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २८ बोरा कुरमुरे सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ कुशहा टोल सडक खण्डबाट चोरी निकासी गरि भारततर्फ लाँदै गरेको मामाश्री र दिलवाले नामक उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
प्रहरी गस्ती टोलीलाई देखेपछी टाउकोमा बोरा बोकेर भारततर्फ जाँदै गरेका तस्करहरुले बोरा छाडेर भागेपछी चेकजाँच गर्दा बोरा भित्र ७४ कार्टुन मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका ९ स्थित भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २८ बोरा कुरमुरे प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुबै स्थानबाट नियन्त्रणमा लिएको ७४ हजार बराबरको ७४ कार्टुन मदिरा र तीनवटा साइकलमा लोड गरि ल्याएको ३२ हजार ५ सय मुल्य बराबरको कुरमुरेसहित साईकल आइतबार भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिए ।
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
सारांश
- प्रहरीका अनुसार जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ कुशहा टोल सडक खण्डबाट चोरी निकासी गरि भारततर्फ लाँदै गरेको मामाश्री र दिलवाले नामक उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
- प्रहरी गस्ती टोलीलाई देखेपछी टाउकोमा बोरा बोकेर भारततर्फ जाँदै गरेका तस्करहरुले बोरा छाडेर भागेपछी चेकजाँच गर्दा बोरा भित्र ७४ कार्टुन मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- त्यस्तै डाक्नेश्वरी नगरपालिका ९ स्थित भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २८ बोरा कुरमुरे प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया