बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १, २०८०
|
|
३२ पटक हेरिएको
Shares
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 

सारांश

  •     नागरिक समाज सुदृढिकरण परियोजना अन्तर्गत बिश्वव्यापी आवधिक महासन्धी १९८९ सम्बन्धी सरोकार निकाय सँग अन्तरसंवाद कार्यक्रममा स्थानिय तहले बालवालिकाको बिकासका लागी बालभेलालाई योजनाको रूपमा स्थानिय निकायले अनिवार्यरूपमा समेटनुपर्ने बताएका छन् ।
  •     सो कार्यक्रममा जिल्ला समन्य समिति सप्तरीका प्रमुख शिवनारायण साहले वालवालिकाहरूको बिकासलाई मध्यनजर गर्दै उनीहरूको अधिकारका लागी १८ वटै स्थानिय तहसँग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता जनाए ।
  • यस्तै उपप्रमुख शम्भु यादबले बालवालिकाहरूको अधिकार सवालमा नीतिगत रूपमा निर्णय भएपनि कार्यन्वयन चरण प्रभावकारी नभएको भन्दै स्थानिय तहले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं । 

    बस्तीस्तरवाटै बालवालिकाको समस्याहरूलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्नेमा सरोकारवालाहरूले शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा जोड दिएका छन ।
    नागरिक समाज सुदृढिकरण परियोजना अन्तर्गत बिश्वव्यापी आवधिक महासन्धी १९८९ सम्बन्धी सरोकार निकाय सँग अन्तरसंवाद कार्यक्रममा स्थानिय तहले बालवालिकाको बिकासका लागी बालभेलालाई योजनाको रूपमा स्थानिय निकायले अनिवार्यरूपमा समेटनुपर्ने बताएका छन् ।
    सो कार्यक्रममा जिल्ला समन्य समिति सप्तरीका प्रमुख शिवनारायण साहले वालवालिकाहरूको बिकासलाई मध्यनजर गर्दै उनीहरूको अधिकारका लागी १८ वटै स्थानिय तहसँग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता जनाए । यस्तै उपप्रमुख शम्भु यादबले बालवालिकाहरूको अधिकार सवालमा नीतिगत रूपमा निर्णय भएपनि कार्यन्वयन चरण प्रभावकारी नभएको भन्दै स्थानिय तहले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा गैसस महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले ब्यक्ती भन्दा बिधिको शासन भएमात्र बालवालिकाहरूको गुणस्तरिय शिक्षा सँगै कुनै पनि वालवालिकाहरू अधिकारवाट बञ्चित नहुने बताए ।
    तिलाठीकोईलाडी गाउँपालिका का कार्यक्रम अधिकृत राजेश झाले बस्तीस्तरवाटै बालवालिकाहरूको समस्याहरूलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्नेमा जोड दिए । स्थानिय तहले बालवालिकाको बिकासका लागी बालभेलालाई योजनाको रूपमा स्थानिय निकायले अनिवार्य रूपमा  समेटनुपर्ने बताए ।
    सो अवसरमा कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगलले सन् २०२१ नोभेम्वर २१ मा भएको संयुक्त राष्ट्रको आवधिक समिक्षामा नेपाल सरकारले बालवालिका माथि हुने दण्डसजाय तथा यातनाको अन्त्यको लागि बिशेष पहल लिने, विभिन्न आधारमा बालवालिकाहरूमाथि हुने भेदभाव अन्त्यको लागि संयन्त्र निर्माण गर्ने प्रतिबद्धता गरेको बताए ।
    यस्तै स्वडेन सेभरिज, सेभ द चिल्ड्रेन, सबल नेपाल, कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा बालअधिकार सन्धी सम्बन्धमा सरोकारवालासँग संवाद गरिएको छ ।
    उक्त अवसरमा बिश्वव्यापी आवधिक समिक्षाको पृष्ठभुमि, मानवअधिकारको समीक्षा, गैर सरकारी संस्था र नागरिक समाजले पनि बिश्वव्यापी आवधिक समिक्षा वारेमा सम्वाद गरिएको छछस् ।
    जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस उपप्रमुख शम्भु यादब, खडक नगरपालिका उपप्रमख रिता चौधरी, सुरूङ्गा नगरपालिका ५ का अध्यक्ष लिलाराम चौधरी, सेभ द सप्तरी अध्यक्ष ध्रुव देव, सबल नेपालका कार्यक्रम अधिकृत नीर बहादुर आले मगर सगरमाथा आपाङ कल्याण संघका अध्यक्ष बलेदव मण्डल, राजबिराज नगरपालिका महिला बिकास शाखा अधिकृत अनिता चौधरी, सुरूङ्गा नगरपालिका महिला बिकास निरिक्षक रिंकु यादब, तिलाठीकोईलाडी गाउपालिका कार्यक्रम अधिकृत राजेश झा, सबल नेपालका संस्थापक अशोक साह, आसमान नेपाल कार्यक्रम अधिकृत शान्ता सिंह, गैसस सप्तरी कोषाध्यक्ष रिया राय, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुन, पत्रकार कृष्णा मण्डल, अरूण यादबलगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा