चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता

राजविराज राजविराज
|
शनिबार, आषाढ २१, २०७६
|
|
३७ पटक हेरिएको
Shares
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता

सारांश

  •     आमा छोरा दुबैको अहिले भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ भने खातुनका दुई र तीन वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • सप्तकोशी नदीमा अहिले पानीको बहाब उच्च रहेकाले वेपत्ता बालबालिकाहरुलाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ ।
  •       वेपत्ता बालबालिकाको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।

    राजविराज÷सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी एक महिला र उनको एक छोरालाई प्रहरी र स्थानियवासीले जिवित्तै उद्दार गरेको छ । बाँकी तीन बच्चा भने वेपत्ता छन् ।
    सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षिया रोशना खातुन तथा उनका पाँच वर्षिय छोरा तहसिललाई प्रहरी र स्थानियवासीले बेहोस अवस्थामा उद्दार गरेका हुन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीको दक्षिण भागमा चार बच्चासहित रोशना शुक्रबार राती हामफालेकी थिइन् । 

    शुक्रबार राती महिला चार सन्तानसहित कोशीमा हामफालेको स्थायिनले देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउना साथ प्रहरी टोलीले स्थानीयसँग मिलेर खोजिकार्य सुरु गरेको थियो । राती १० बजेतिर घटनास्थल भन्दा ५ सय मिटर टाढाँ खातुनका चार वर्षिय छोरा तहसिललाई बेहोस अवस्थामा उद्दार गरिएको थियो । रातभर खोजी कार्यमा व्यस्त रहेका प्रहरी र स्थानियवासीले आमा खातुनलाई पनि शनिबार बिहान ६ बजेतिर घटनास्थलबाट तीन किलोमिटर टाँढाबाट बेहोस अवस्थामा उद्दार गरेको छ । 
    आमा छोरा दुबैको अहिले भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ भने खातुनका दुई र तीन वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तकोशी नदीमा अहिले पानीको बहाब उच्च रहेकाले वेपत्ता बालबालिकाहरुलाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ । 
    वेपत्ता बालबालिकाको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिएका छन् । उनले जिवितै उद्दार गरिएकी खातुनले घाटीमा बोकेको पर्सबाट गोलबजारबाट कोशी ब्यारेजसम्मको बसको टिकट तथा एक थान मोबाइल फेला परेको जानकारी पनि दिए । कुन कारणले ती महिलाले चार सन्तानसहित नदीमा हामफालेर आत्महत्या गर्न खोजेको बारे अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
आइडियलद्वारा २५ आइडिया सार्वजनिक