दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
बालिका बलात्कारको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया छन् ।
२०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
घटनापछि फरार भएका मुखिया गाउँ फर्केको र लुकिबसेको गोप्य सूचना आएपछि प्रहरी चौकी बरसाइनबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया छन् ।
- २०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो ।
- सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया