बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ

राजविराज राजविराज
|
बिहिबार, चैत्र १२, २०७७
|
|
२५ पटक हेरिएको
Shares
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया छन् ।
  •       २०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो ।
  • सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
    बालिका बलात्कारको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया छन् । 
    २०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो । 
    घटनापछि फरार भएका मुखिया गाउँ फर्केको र लुकिबसेको गोप्य सूचना आएपछि प्रहरी चौकी बरसाइनबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ