दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराज विमानस्थलबाट दैनिक दुई उडान हुने भएको छ । विगतमा दिउँसोको समयमा मात्र एउटा उडान हुँदै आएकोमा सोमबार रात्रीकालिन सेवाका लागि गरिएको परिक्षण उडान पश्चात् दैनिक दुई उडान केही दिनपछी गर्ने तयारी भएको छ ।
संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
यद्दपी रात्रीकालिन उडानलाई नियमित गर्न झण्डै एक महिना समय लाग्ने बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले बताएका छन् । हवाई ट्राफिक व्यवस्थापन तथा अन्य केही प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकाले कम्तिमा एक महिना समय लाग्ने उनको भनाई छ ।
बि.स. २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलबाट विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्यमा ढिलाई हुँदा लामो पखाईपछी उडान सेवा संचालन भएको थियो ।
सुरुमा श्रीएयारलायन्स विमानले २०७५ सालदेखी साताको तीन दिन उडान सेवा संचालन गरेपनि यात्रुको अभाव देखाई सेवामा कटौती गरेको थियो । त्यसपछी पटक पटक हवाई सेवा संचालन र बन्द हुने क्रम चलेको थियो ।
पहिलो रात्रीकालिन उडानमा राजविराजबाट उक्त विमान चढी संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे पनि काठमाडौं प्रस्थान गर्ने बुद्ध एयरलायन्सका स्टेशन म्यानेजर राजबंशीले जानकारी दिए ।
उक्त विमानस्थलबाट २०७६ माघ १८ गतेदेखी बुद्ध एयरको जहाजले दैनिक दिउँसोको समयमा एक पटक उडान गर्दै आएको छ । हाल यात्रुको चाप बढ्दै गएको तर एउटै उडानका कारण सप्तरी र आसपासका यात्रुलाई असुविधा भइरहेको गुनासो बढ्दै गएपछी यहाँका जनप्रतिनिधिहरुको पहलमा दैनिक दुई उडान सेवा सम्भव भएको बताइएको छ ।
राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, उदयपुर, सिरहाका साथै सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि समेत सहज र महत्वपूर्ण भएकाले दुई वटा उडान संचालन हुने खबरले स्थानीयवासी खुशी भएका छन् ।
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
सारांश
- संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
- यद्दपी रात्रीकालिन उडानलाई नियमित गर्न झण्डै एक महिना समय लाग्ने बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले बताएका छन् ।
- हवाई ट्राफिक व्यवस्थापन तथा अन्य केही प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकाले कम्तिमा एक महिना समय लाग्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया