दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
कोभिडका कारण प्रभावित भएका बालवालिकाका लागी सहयोग तथा पोषणमा सुधार, सरसफाई तथा सुरक्षा सम्बन्धी एक दिने पालिकास्तरिय अभिमुखिकरणको सोमबार आयोजना गरिएको छ ।
राजबिराज नगरपालिका, लाईफ नेपाल, युनिसेफ, एनसिभिको संयुक्त आयोजनामा कोभिड १९ वाट प्रभाबित वालवालिकाको सुरक्षा सम्बन्धी कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त अवसरमा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले कोभिड कारण आर्थिक रूपमा प्रभाव पारेकोप्रति घरपरिवारका बालवालिकाहरूलाई आर्थिक सहयोग स्वरूप नगद १० हजार नगद उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
सोही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले क्यास नगदसहित बाँस, पोषण, सरसफाई र उनीहरूलाई कोभिडवाट जोगाउन र सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले युनिसेफ र लाईफ नेपालको सहयोगमा गरिएको कार्यक्रमप्रति आभार व्यक्त गरे ।
यसैगरी कार्यक्रममा युनिसेफ बाल संरक्षक मेघराज मगरले कोभिडका कारण परिवारवाट अल्गिएका, आमाबुवा गुमाएका बालवालिकाहरूलाई पारिवारिक सहयोग, मनोसमाजिक सहयोग, बाल संरक्षण सुचना संकलन तथा विश्लेषण, सामुदायिक मनोसामाजिक कार्यकर्ता तयारी र परिचालन सम्बन्धि गतिबिधि राजबिराज नगरपालिकाको १६ वटै वडामा संचालन गर्ने बताए ।
त्यस्तै युनिसेफका वास कार्यक्रमका संयोजक अन्नपुर्ण मिश्राले राजबिराज नगरपालिका र राजगढ गाउपालिकामा कोभिड प्रभाबित घरपरिवारका ब्यक्तीहरूलाई आयआर्जनमा टेवा पु¥याउन युनिसेफको वास सेक्टरबाट पलम्बिंग, ईलेक्ट्रिसियन, मास्कन र सेनिटरी प्याड तथा मास्क बनाउने तालिम समेत संचालन गरिएको जानकारी दिए ।
सो अवसरमा राजबिराज नगर उपप्रमुख साधना झा, राजबिराज वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, वडा २ का अरूण यादब, वडा ५ का अध्यक्ष समीर झा, वडा ७ का अध्यक्ष मागीलाल नाई, वडा ८ का जयनारायण मण्डल, वडा ९ का शम्भुप्रसाद यादब (लाली), वडा ११ का अध्यक्ष संजय यादब, वडा १२ का हरिहर यादब, वडा १३ का राजेन्द्र यादब, वडा १४ का शोभालाल मण्डल, वडा १५ का अध्यक्ष राम प्रसाद यादब, वडा १६ का अध्यक्ष बुचाई दास को सहभागिता रहेको थियो ।
त्यस्तै राजबिराज नगरपालिकाका योजना अधिकृत मनोज कुमार यादब, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, शिक्षा शाखा प्रमुख भोगेन्द्र यादब, महिला बिकास अधिकृत अनिता चौधरी, कृषि शाखा प्रमुख हरिनारायण यादब, गैसस कार्यवाहक अध्यक्ष बलदेव मण्डल, युनिसेफ पोषण कार्यक्रमका सुन्दर लामा, लाईफ नेपालका राजबिराज नगरपालिका संयोजक सुनिता राम, खानेपानी का सनोज देव लगायत को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम सप्तरी, धनुषा, रौतहट जिल्लाको ५ वटा स्थानिय तहमा क्यास प्लस कार्यक्रम संचालनमा रहेको युनिसेफका अन्नपुर्ण मिश्राले बताईन ।
क्यास प्लस कार्यक्रम पालिकास्तरिय गोष्ठी सम्पन्न
सारांश
- राजबिराज नगरपालिका, लाईफ नेपाल, युनिसेफ, एनसिभिको संयुक्त आयोजनामा कोभिड १९ वाट प्रभाबित वालवालिकाको सुरक्षा सम्बन्धी कार्यक्रमको आयोजना गरिएको हो ।
- उक्त अवसरमा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले कोभिड कारण आर्थिक रूपमा प्रभाव पारेकोप्रति घरपरिवारका बालवालिकाहरूलाई आर्थिक सहयोग स्वरूप नगद १० हजार नगद उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
- सोही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले क्यास नगदसहित बाँस, पोषण, सरसफाई र उनीहरूलाई कोभिडवाट जोगाउन र सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले युनिसेफ र लाईफ नेपालको सहयोगमा गरिएको कार्यक्रमप्रति आभार व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया