सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर

राजविराज राजविराज
|
बुधबार, मंसिर १८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर

सारांश

  •     बुझाइएको ज्ञापनमा बि.
  • स.
  • २०७० सालमा निर्वाचन सम्पन्न भई तीन वर्षे कार्यकालका लागि समिति चयन भएपनि हाल सोही समितिको झण्डै ६ वर्ष बित्न लाग्दा समेत साधारण सभा तथा निर्वाचन नगरी लोकतान्त्रिक मुल्य मान्यता तथा विधान विपरीत काम गर्दै आइरहेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    सप्तरी उद्योग बाणिज्य संघको तीन वर्षे कार्यकाल सम्पन्न भएपनि पुरानो कार्य समितिले अधिवेशन नगराई कार्य गर्दै आइरहेको भन्दै संघका ५३ जना साधारण सदस्यहरुले वर्तमान कार्य समितिलाई कार्य नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार ज्ञापन बुझाएको छ । 
    बुझाइएको ज्ञापनमा बि.स. २०७० सालमा निर्वाचन सम्पन्न भई तीन वर्षे कार्यकालका लागि समिति चयन भएपनि हाल सोही समितिको झण्डै ६ वर्ष बित्न लाग्दा समेत साधारण सभा तथा निर्वाचन नगरी लोकतान्त्रिक मुल्य मान्यता तथा विधान विपरीत काम गर्दै आइरहेको उल्लेख छ । 
    संघ अध्यक्षलाई बारम्बार साधारण सभा गराउन आग्रह गर्दा समेत वास्ता नगरि आफ्नै ढंगले कार्य गर्दै आइरहेको भन्दै वर्तमान कार्य समितिलाई कुनै पनि कार्य नगर्नु भनी आदेश जारि गर्न ज्ञापन मार्फत आग्रह गरिएको छ । 
    त्यस्तै भंसारबाट हुने चोरी पैठारीका कारण जिल्लाको व्यापार समाप्त हुनुका साथै राजश्व समेत चुहावट भइरहेको स्मरण गराउँदै सो कार्य रोक्न आवश्यक कारवाहीका लागि माँग गरिएको छ । 
    संघका साधारण सदस्यहरु सुरेश कुमार सिंह, अमृत संचेती, अमित सिंह, रमेश कुमार साह, श्यामबाबु साह, हेमनारायण साह, देवनारायण दास, रिजवान, सन्तोष सिंह, बिन्दि साह, दिपक कुमार साहलगायत ५३ जनाको हस्ताक्षर रहेको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई बुझाइएको छ ।  
    यसैबीच ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले भंसारबाट हुने चोरी पैठारी बारे प्रहरी प्रशासनसँग छलफल गरि आवश्यक कदम उठाउने प्रतिबद्धता जनाउँदै संघको कार्य समितिबारे कुनै आश्वासन समेत नदिएको एक व्यापारीले बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?