छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा 

राजविराज राजविराज
|
शनिबार, कार्तिक २, २०७६
|
|
७१ पटक हेरिएको
Shares

सारांश

  •     बिद्यालय भन्दा बाहिर रहेका बालवालिकाहरू पुर्णरूपमा बिद्यालय भर्ना भएपछि सो गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना घोषणा गरिएको हो ।
  •     छिनन्मस्ता गाउपालिकाको आयोजनामा तथा सेभ द चिल्डे«न तथा सेभ द सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब तथा छिनमस्ता गाउपालिका अध्यक्ष सुर्य नारायण मण्डलले संयुक्त रूपमा छिन्नमस्ता गाउपालिकालाई पुर्ण बिद्यालय भर्ना गाउपालिका घोषणा गरेका हुन् ।
  •     छिन्नमस्ता गाउपालिकाको वडा नं.

चन्दनकुमार यादब 
राजविराज, १ कात्तिक । 
    सप्तरीको छिन्नमस्ता गाउपालिकालाई शुक्रबार एक कार्यक्रम बिच पूर्ण विद्यालय भर्ना घोषणा गरिएको छ । 
    बिद्यालय भन्दा बाहिर रहेका बालवालिकाहरू पुर्णरूपमा बिद्यालय भर्ना भएपछि सो गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना घोषणा गरिएको हो ।
    छिनन्मस्ता गाउपालिकाको आयोजनामा तथा सेभ द चिल्डे«न तथा सेभ द सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब तथा छिनमस्ता गाउपालिका अध्यक्ष सुर्य नारायण मण्डलले संयुक्त रूपमा छिन्नमस्ता गाउपालिकालाई पुर्ण बिद्यालय भर्ना गाउपालिका घोषणा गरेका हुन् ।
    छिन्नमस्ता गाउपालिकाको वडा नं. १ देखि ७ सम्मका बिद्यालय बाहिर रहेका १ हजार १ सय ४४ बालिका तथा ८ सय ८६ बालक गरी २ हजार ३० जना वालवालिकाहरू बिद्यालय भर्ना भएपछि घोषणा गरिएको हो ।
    छिन्नमस्ता गाउपालिका, सेभ द चिल्ड्रेन, सेभ द सप्तरी तथा ७ वटै वडाका वडा अध्यक्षहरूको अगुवाईमा बिद्यालय भन्दा बाहिर रहेको वालवालिकाहरूलाई बिद्यालय ल्याउनका लागी घरदैलो, ¥याली, बिद्यालय, अभिभावक तथा शिक्षकहरूसँग अन्तरक्रिया लगायतका क्रियाकलापवाट बालवालिकाहरूलाई बिद्यालय भर्ना गराएको वडा नं. ३ का अध्यक्ष दिपेन्द्र यादबले बताए ।
    सो घोषणा कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख फणिन्द्र खत्रीले बालवालिकाहरूको उज्वल भबिश्यको लागि भर्ना भएका बालवालिकाहरूलाई बिद्यालयमा कसरी टिकाउन र सिकाउने मुख्य चुनौतीको रूपमा रहेको बताए ।
    नेपालको संविधान अनुरूपमा मुलुक भरी नै नैसङ्र्गिक तथा अनिवार्य र निशुल्क शिक्षा लागू भएकोले बालवालिकाहरूलाई शिक्षावाट कसैले बञ्चित गर्न नहुने उनले जिकिर गरे । 
    एक अर्काे प्रसङ्गमा प्रमुख खत्रीले चाडपर्व जस्तो समयमा पनि शिक्षकहरुलाई तलब खुवाउन नसक्नु गाउपालिका शिक्षाप्रति गम्भीर नभएको आरोप लगाए । संघियता आई सकेको अबस्थामा सबै अभिभावकको बिश्वास जित्ने समुदाय बिद्यालय मात्र भएको जिकिर गर्दै उनले स्थानिय निकाय शिक्षाको बिकासको लागि नीति योजना बनाएर अगाडि बढनुपर्नेमा जोड समेत दिए । 
    छिन्नमस्ता गाउपालिका अध्यक्ष सुर्य नारायण मण्डलको अध्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, गाउपालिका उपाध्यक्ष उषा कुमारी मण्डल, प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार मण्डल, वडा अध्यक्ष दिपेन्द्र कुमार यादब, बिनोद कुमार यादब, सेभ द सप्तरी अध्यक्ष ध्रुव देव, गैसस सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द चिल्ड्रेनका नरमाया थापा, सखडा माविका प्रअ लालबहादुर मण्डल, ललापटी माविका प्रअ नारायण यादब, युवा नेता जयप्रकाश यादबलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
हटियामा सेड निर्माण कार्य रोक्का गर्न अदालतको अन्तरिम आदेश
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह