मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
४७ पटक हेरिएको
Shares
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित

सारांश

  •     राजबिराज वडा ९ स्थित मलेठ जोलहरीमा स्थानियबासीहरूले सभाको आयोजना गरि सहिदप्रति श्रद्वासुमन अपर्ण गरेका थिए ।
  •       मलेठ घटनामा प्रहरीको गोली लागि सहादत प्राप्त गरेका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, आनन्द साह र इनर यादवका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
  •       उक्त श्रद्वाञ्जली सभामा जसपा सप्तरी अध्यक्ष केदार यादब, लोसपा सप्तरी अध्यक्ष सुनिल यादब, राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब र जसपा नेता भिमराज यादबले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

दैनिक समाचारदाता
राजबिराज, २३ फागुन ।
    मलेठ घटनाको पाँचौ पुण्यतिथिको अवसरमा सोमबार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ । 
    राजबिराज वडा ९ स्थित मलेठ जोलहरीमा स्थानियबासीहरूले सभाको आयोजना गरि सहिदप्रति श्रद्वासुमन अपर्ण गरेका थिए । 
    मलेठ घटनामा प्रहरीको गोली लागि सहादत प्राप्त गरेका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, आनन्द साह र इनर यादवका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । 
    उक्त श्रद्वाञ्जली सभामा जसपा सप्तरी अध्यक्ष केदार यादब, लोसपा सप्तरी अध्यक्ष सुनिल यादब, राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब र जसपा नेता भिमराज यादबले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
    सभामा बोल्दै प्रमुख अतिथि तथा शहिद सन्जन मेहताका बुवा लक्ष्मण मेहताले मलेठ घटना भएको पाँच वर्ष बित्दा समेत दोषीलाई कारवाही नभएको प्रति चिन्ता ब्यक्त गरे । 
    लोसपाका स्थानिय नेता रामचन्द्र यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्वसासंद लक्ष्मी चौधरी, लोसपा केन्द्रीय नेता दिपेन्द्र चौधरी, पुनम यादब, जसपा नेता अमरनाथ मण्डल, जिसस सदस्य लक्ष्मी रजक, राजबिराज वडा ९ का अध्यक्ष शम्भु यादब (लाली), लोसपा नेता बिनोद यादब, जसपा युवा नेता शम्भु यादब, सुरजित सिँह, तारकेश्वर यादब, श्याम यादब, पत्रकार अबधेश झा, शुभचन्द्र झा, लगायत स्थानियबासीहरूले सहिद स्तम्भमा श्रद्वासुमन अपर्ण गरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मण यादब गरेको सभामा स्वागत मन्तब्य जसपा नेता हरेराम यादबले गरेका थिए ।
    बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम