जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण

राजविराज राजविराज
|
सोमबार, आषाढ ८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण

सारांश

  •     डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिदै सो कार्यहरु गरेको हो ।
  •     वन कार्यालयद्वारा सोमबार सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गर्दै एक वर्षको अवधीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ ।
  •       डिभिजनल वन अधिकृत सन्तोष कुमार झाका अनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा सतप्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
    डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण गर्नुका साथै तीन वटा नयाँ पोखरी निर्माणसहित जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार गरेको छ ।
    डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिदै सो कार्यहरु गरेको हो ।
    वन कार्यालयद्वारा सोमबार सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गर्दै एक वर्षको अवधीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ । 
    डिभिजनल वन अधिकृत सन्तोष कुमार झाका अनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा सतप्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको छ ।  
    डिभिजनल वन कार्यालयले एक वर्षे अवधीमा दुई स्थानमा सिमसार क्षेत्रको संरक्षण तथा एक स्थानमा अतिक्रमण हटाई वन व्यवस्थापन गर्नुका साथै विभिन्न जातका १५ लाख बिरुवा उत्पादन गरेर सतप्रतिशत लक्ष्य प्राप्त गरेको प्रतिवेदनमा जनाएको छ । 
    यस्तै ग्रामिण भेगका वनमा विविध जातका बिरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागि समेत विशेष कार्य योजना तयार पारेको उल्लेख गरेको छ । वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सरोकारवाला समेतको रायसुझावमा एकिकृत कार्ययोजना बनाएर बढ्दा सफलता मिल्दै गएको वन अधिकृत झाको भनाई छ । 
    यस्तै तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, बृक्षारोपण, जिविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राखेको छ । 
    वर्षेणी जंगल क्षेत्र कम हुँदै गई साघँुरो बन्दै जानु, जंगली जनावरको अस्तित्व संकटमा पर्नु तथा हरियाली प्रवद्र्धन कार्य समेत प्रभावित भइरहेका बेला वन कार्यालयले तयार पारेको कार्य योजनाले जिल्लालाई आफ्नै क्षेत्रको वनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्व गरिएको छ । 
    यता सोमबारै राजनीतिक दल, रसरोकारवाला तथा संचारकर्मी सम्मिलित टोलीले डिभिजन वन कार्यालयद्वारा २०७६÷७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार संचालित वार्षिक वन विकास निर्माण कार्यको स्थलगत अनुगमन समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो