दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
तीन दिन अघि चिसोले कठ्याँग्रिएर मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का राजु भनिने राजकुमार सदाको घर पुगी प्रदेशसभा सदस्यहरुले जानकारी लिएका छन् ।
जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं.२ को क बाट निर्वाचित सतिश कुमार सिह र ख बाट निर्वाचित प्रदेश सभा सदस्य महेश प्रसाद यादव सहितको एक टोली आईतवार सदाको घरमा पुगी परिवारको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
४५ वर्षिय सदाको गत शुक्रवार चिसोले कठ्याँग्रिएर घर मै मृत्यु भएको थियो । उनको पत्नीको पनि एक वर्ष अघि मृत्यु भएको थियो । आमा बुवा दुबै गुमाएपछि सदा दम्पतीका ६ सन्तानको विचल्ली भएको खबर प्राप्त भएपछि आफुहरु पीडीत परिवारको अवस्था बुझ्न र सम्वेदना प्रकट गर्न सदाको घर पुगेको प्रदेशसभा सदस्यद्वय सिंह र यादवले बताए ।
सो अवसरमा प्रदेशसभा सदस्यद्वयले विपन्न परिवारका सदा दम्पतीका सन्तानहरुलाई सहयोगका लागी पहल गरिने जनाएका छन् ।
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
सारांश
- जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं.
- २ को क बाट निर्वाचित सतिश कुमार सिह र ख बाट निर्वाचित प्रदेश सभा सदस्य महेश प्रसाद यादव सहितको एक टोली आईतवार सदाको घरमा पुगी परिवारको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
- ४५ वर्षिय सदाको गत शुक्रवार चिसोले कठ्याँग्रिएर घर मै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया