दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
बहुविवाह मुद्दाका फरार एक प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका वडा नं. ५ का दिपेन्द्र दास रहेका छन् ।
रानी देवी दासको जाहेरीको आधारमा २०७५ चैत २५ गते सप्तरी जिल्ला अदालतको फैसलाले दिपेन्द्र कुमार दासलाई एक बर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो ।
प्रहरीका अनुसार फैसला भएकै मितिले उनी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका दासलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान
सारांश
- पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका वडा नं.
- ५ का दिपेन्द्र दास रहेका छन् ।
- रानी देवी दासको जाहेरीको आधारमा २०७५ चैत २५ गते सप्तरी जिल्ला अदालतको फैसलाले दिपेन्द्र कुमार दासलाई एक बर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया