दैनिक समाचारदाता
धनुषा, २९ असोज ।
राजपा नेपाल धनुषाले बुधबार बिहान पक्राउ परेका सांसद प्रमोद साहको रिहाइको माग गर्दै एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेको छ ।
राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै बुद्ध एयरको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्था लगायतकाहरुसंघ बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
सारांश
- राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै बुद्ध एयरको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
- राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्था लगायतकाहरुसंघ बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिएका छन् ।
- मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया