थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए

राजविराज राजविराज
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
२० पटक हेरिएको
Shares
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दमाईले कपडा सिलाउने घरेलु उद्योग संचालन गरी ५० जनालाई रोजगारी दिँदै आएकोमा अहिले आफ्नो घरको नक्सा पास नहुँदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
  •       उनले नगरपालिकाबाट भँुई तल्लाको नक्सा पास भइसकेको अवस्थामा थप एक तल्ले घर निर्माण गरेपछी सो तल्लाको नक्सा पास गर्न जाँदा भँुई तल्लाको नक्सा समेत नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहले काटकुट पारिदिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
  •     सात धुर जग्गामा उनले २०७३ साल भदौ १५ गते भँुई तल्ला भवन निर्माण गराई नगरपालिकामा अभिलेखिकरण गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३० असार । 
    सप्तरीको कंचनरुप नगरपालिका ४ निवासी ६० वर्षिय मंगले दमाईको घरको नक्सा नगरपालिकाका कर्मचारीले पास नगरिदा न्यायका लागि संचारकर्मी समक्ष आग्रह गरेका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दमाईले कपडा सिलाउने घरेलु उद्योग संचालन गरी ५० जनालाई रोजगारी दिँदै आएकोमा अहिले आफ्नो घरको नक्सा पास नहुँदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् । 
    उनले नगरपालिकाबाट भँुई तल्लाको नक्सा पास भइसकेको अवस्थामा थप एक तल्ले घर निर्माण गरेपछी सो तल्लाको नक्सा पास गर्न जाँदा भँुई तल्लाको नक्सा समेत नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहले काटकुट पारिदिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
    सात धुर जग्गामा उनले २०७३ साल भदौ १५ गते भँुई तल्ला भवन निर्माण गराई नगरपालिकामा अभिलेखिकरण गराएका थिए । थप तल्ला निर्माणको अभिलेखिकरणका लागि नक्सा फाँटको आदेशानुसार ४४ हजार ८० रुँपैया राजस्व समेत बुझाइसक्दा पनि नक्सा पास नगरिदिएको र आफूसँग भएको भुँई तल्लाको पुरानो पास भएको नक्साको प्रमाणपत्र समेत काटकुट पारिदिएको उनले गुनासो पोखेका छन् । 
    २०७९ जेठ २० गते उनले घर नक्सा शाखाका इन्जिनियर साहको आदेशमा उक्त रकम नगरपालिकाको खातामा जम्मा गरेको सुनाए । नक्सा पासका लागि नगरपालिकाबाट खटिएका सवइन्जिनियर संजय कुमार विश्वास, खरिदार शिव नारायण यादव र अमिन मनोज कुमार यादवको टोलीले थप गरिएको भवनको नक्सा पास गर्न मिल्ने भनि सिफारिस गरेपछि इन्जिनियर साहले उक्त राजश्व रकम दाखिला गर्न लगाएको उनको भनाई छ । 
    उनले इन्जिनियर साह आफ्नो छिमेकी रहेको समेत सुनाए । घर नजिकैको ४ कठ ४ धुर खेती योग्य जग्गा किन्ने विषयमा इन्जिनियर साह र आफूबीच केही समयअघि विवाद भएको र सोही रिसइवीले हाल आएर आफूलाई दुःख दिन खोजिएको उनको भनाई छ । 
    उनले यसबारे नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई गुहार्दा उनीहरुले पनि इन्जिनियर साहलाई नक्सा पास गरिदिन निर्देशन दिएपनि विभिन्न बहाना देखाई आलटाल गर्ने गरेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?