सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह

राजविराज राजविराज
|
शुक्रबार, पौष २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह

सारांश

  •     ग्लोबल बहुमुखी सहकारी संस्था लि.
  • को शुक्रवार १८ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पुँजी लगाई उत्पादनलाई बृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिए ।
  •     प्रदेशको समृद्धको आधार कृषि नै भएको भन्दै मन्त्री साहले उत्पादन वृद्धिका लागि सरकार, नीजि क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
    प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी क्षेत्रको पँुजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन आग्रह गरेका छन् । 
    ग्लोबल बहुमुखी सहकारी संस्था लि. को शुक्रवार १८ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पुँजी लगाई उत्पादनलाई बृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिए ।
    प्रदेशको समृद्धको आधार कृषि नै भएको भन्दै मन्त्री साहले उत्पादन वृद्धिका लागि सरकार, नीजि क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिए । सहकारी मार्फत उत्पादन वृद्धि गरेर प्रदेशलाई आत्मनिर्भर बनाउने दिसामा प्रदेश सरकार अघि बढेको उनले बताए ।
    मन्त्री साहले प्रदेशसभामा टेवुल भइ सकेको सहकारी ऐन छिटै पारित भई कृषि क्षेत्रमा क्रान्ति नै ल्याउने दावी समेत गरे ।


    २९ जना सदस्यको १ लाख ३५ हजार शेयर पुँजीबाट सुरु भएको ग्लोबल अहिले ८० करोडको कारोवार र झण्डै ४० हजार महिलालाई जोडन सफल भएकोमा बधाई दिदै उनले प्रदेशको आर्थिक र सामाजिक समृद्धिका लागि ग्लोबलले ल्याउने योजनामा प्रदेश सरकार हातमा हात मिलाएर काम गर्ने र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
    यसैबीच सहकारीको माध्यमबाट आर्थिक उत्थान र समाज रुपान्तरण गर्ने उदेश्यले १८ वर्ष अघि स्थापना भएको ग्लोबल बहुमुखी सहकारी संस्था लि.ले १९ औं वर्षमा प्रवेश गरेको अवसरमा १८औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
    यस अवसरमा नगरमा बाजा गाजासहितको झाँकी, गरिब असहायलाई लत्ता कपडा वितरण तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पत्रकार, चिकित्सक, कलाकार, साहित्यकार, कृषक, खेलाडी र प्रशिक्षकदेखि समाजसेवीसम्म छन् ।    
    संस्थाले पत्रकारिता क्षेत्रतर्फ जितेन्द्र झा जितु र नवीन गुप्ता, खेलाडीतर्फ मनोज कुमार यादव, पूर्व प्रशिक्षकतर्फ कबडीका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका श्रीनारायण लाल देव, चिकित्सा र समाजसेवा तर्फ डा. टेकनारायण मण्डल र कुशल प्रशासकतर्फ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सम्मान गरेको छ ।
    यस्तै सहकारी तर्फ राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष केबी उप्रेती र संचालक सदस्य विश्वनाथ मण्डल, बिमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनि लि.कि सुमना न्यौपाने, साहित्य संस्कृति तर्फ श्यामसुन्दर यादव, गैससतर्फ शम्भुनन्द चौधरी र ध्रव देव, नृत्य तथा कलातर्फ डोली सरकार, उत्कृष्ट कर्मचारीतर्फ पुरुषोत्तम यादव र रमला पोखरेल लगायत ५५ जनालाई सम्मान गरेको छ । 
    सबैलाई साधारणसभाका प्रमुख अतिथि प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सम्मान पत्र, चाँदीको मेडल र दोसल्ला ओढाएर सम्मान गरे ।
    साधारणसभामा संस्थाका अध्यक्ष भोला रमण उप्रेतीले अध्यक्षीय प्रतिवेदन पेश गर्दै सबै सदस्यहरुको सक्रिय सहयोग र सक्रियताका कारण सोचेभन्दा बढी सफलता मिल्दै गएको बताउँदै २०५७ सालमा २९ जना सदस्यको १ लाख ४५ हजार रुपैया शेयर पुँजीबाट शुरु गरिएको संस्थामा अहिले ३९ हजार ९ सय ५० सदस्य भई ८० करोडको कारोबार गर्न भ्याएको बताए ।    
    कार्यक्रममा राष्ट्रिय सहकारी बैंक संचालक समितिका अध्यक्ष केबी उपे्रती, संचालक सदस्य विश्वनाथ मण्डल, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीका लगायतले पनि शुभकामना दिएका थिए । स्थानीय शिव शंकर चलचित्र मन्दिरको हलमा सुरु भएको साधारण सभाको शुक्रबारै सम्पन्न बन्द सत्रले अगामी कार्यकालका लागि अध्यक्ष पदमा संस्थापक अध्यक्ष सुखराम यादवलाई सर्वसम्मतले चयन गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी