दैनिक समाचारदाता
राजविराज, २ असोज ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ ३ स्थित शम्भुनाथ पेट्रोल पम्प अगाडी शनिबार सिटि रिक्सा र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र.१–०१–००१–ह९६२२ नं.को सिटि रिक्शा र विपरित दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौता निवासी २२ वर्षिय अभय चौधरी छन् । प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारका लागी बिराटनगरस्थित नोबेल अस्ताल लगेकोमा मृत्यु भएको हो ।
सिटी रिक्सा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सिटि रिक्सा र मोटरसाइकल ठोकिदा एकको मृत्यु
सारांश
- पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र.
- १–०१–००१–ह९६२२ नं.
- को सिटि रिक्शा र विपरित दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया