भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण

राजविराज राजविराज
|
बिहिबार, आषाढ १४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण

सारांश

  •     सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा जिल्लाका पालिका तथा सरकारी कार्यालयहरुबाट भुक्तानी नपाएपछि युट्युवसहितका सामाजिक सञ्जालमा समाचार प्रकाशन÷प्रशारण भइरहेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
  •       विज्ञप्तिमा भनिएको छ, “सप्तरीको पत्रकारिता क्षेत्र इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा केहि युट्युव र अनलाइनमा काम गर्ने व्यक्तिले समग्र पत्रकारिता क्षेत्र बदनाम गराउने दुस्साहस गरेको अवस्था छ ।
  • बिल दिएर भुक्तानी माग्ने र नपाएपछि आधारहिन कुरा जोडेर भिडियो बनाउने, सामाजिक संजालमा लेख्ने कार्य भइरहेको प्रमाणसहित कतिपय कार्यालयले पत्रकार महासंघलाई उपलब्ध गराएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ असार । 

    नेपाल पत्रकार महासंघ शाखा सप्तरी ‘मिडिया’को नाममा जथाभावी बिल पेश गर्ने र भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
    सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा जिल्लाका पालिका तथा सरकारी कार्यालयहरुबाट भुक्तानी नपाएपछि युट्युवसहितका सामाजिक सञ्जालमा समाचार प्रकाशन÷प्रशारण भइरहेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो । 
    विज्ञप्तिमा भनिएको छ, “सप्तरीको पत्रकारिता क्षेत्र इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा केहि युट्युव र अनलाइनमा काम गर्ने व्यक्तिले समग्र पत्रकारिता क्षेत्र बदनाम गराउने दुस्साहस गरेको अवस्था छ । बिल दिएर भुक्तानी माग्ने र नपाएपछि आधारहिन कुरा जोडेर भिडियो बनाउने, सामाजिक संजालमा लेख्ने कार्य भइरहेको प्रमाणसहित कतिपय कार्यालयले पत्रकार महासंघलाई उपलब्ध गराएको छ । पत्रकारिता गर्दै नगर्ने, अनि भिडियो मात्रै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति ‘पत्रकार’को परिभाषाभित्र नपर्ने गरेको सबैलाई जानकारी नै छ । फेसबुक, युट्युव, टिकटकसहितका सामाजिक सञ्जाल सञ्चारमाध्यम(मिडिया) नभएको पनि सबैमा अवगत भएकै विषय हो ।”     
    विज्ञप्तिमा “यस्ता काममा संलग्न जो कोहिलाई पनि सचेत हुन आग्रह गर्दै यसपछि पनि यस्ता कार्य दोहरियो भने त्यस्ता दोषी ब्यक्तिमाथि कार्वाही गराउन पत्रकार महासंघ सप्तरी शाखा अग्रसर हुने जानकारीसमेत यसै प्रेस विज्ञप्ती माफ्र्त सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।” भनिएको छ ।   
    यस्तै विज्ञप्तिमा सप्तरीका पालिका तथा सरकारी कार्यालयहरुलाई पत्रकार महासंघले यसअघि नै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न पटक–पटक छलफल गर्दा पनि पालिका र सरकारी कार्यालयहरुकै उदासिनताले लागु हुन नसक्दा अहिलेको स्थिती उत्पन्न भएको महासंघको निष्कर्ष रहेको भन्दै यसतर्फ पालिका प्रमुख(जनप्रतिनिधि), पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई निकट भविष्यमा यसतर्फ गम्भिर हुन सुझाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
ससुराली घरमा विष सेवन गरि आत्महत्या
ससुराली घरमा विष सेवन गरि आत्महत्या
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु