महुलीमा एटिएम सेवासहित कामना बैंकको शुभारम्भ

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
६२ पटक हेरिएको
Shares
महुलीमा एटिएम सेवासहित कामना बैंकको शुभारम्भ

सारांश

  •     सो शाखाको उद्घाटन एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन ।
  • यो सँगै बैंकको केन्द्र सहित देश भरमा ६५ वटा शाखा पुगेको छ ।
  •     सो अवसरमा उनले इन्स्योरेन्स, रेमिट्यान्स, एटिएम सेवा सहितको पुर्ण बैंकिङ्ग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज ९ फागुन । 
    सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाको महुली बाजारमा बिहीबार कामना सेवा विकास बैंक लिमिटेडले एटिएम सेवासहित सप्तरीमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।
    सो शाखाको उद्घाटन एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन । यो सँगै बैंकको केन्द्र सहित देश भरमा ६५ वटा शाखा पुगेको छ ।
    सो अवसरमा उनले इन्स्योरेन्स, रेमिट्यान्स, एटिएम सेवा सहितको पुर्ण बैंकिङ्ग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए । 
    गाउँ–गाउँ र शहर शहरमा जनताको वित्तीय पहुँच पु¥याउने उदेश्य ले राजविराज, लाहान, गाइघाट, धरान लगायत २ दर्जन स्थानमा अझै शाखा विस्तार गर्ने योजना सहित निर्माण कार्य सुरु भई अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले एक वर्ष भित्र देशभर केन्द्र सहित १ सय भन्दा बढी शाखा विस्तार भई सक्ने बताए । 
    अन्य बैंकको तुलनामा ऋणमा सस्तो व्याजदर, सरल सहज रुपमा कर्जा प्रवाह तथा विश्वसनिय र छिटो छरितो बैंकिक सेवा प्रदान गर्दै आएकोले छोटै समयमा बैंक सर्वसाधारणमा साख बनाउन सफल भएको उनको भनाई थियो । 
    अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आफ्नो गाउँपालिकामा कामना सेवा विकास बैंकलाई स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा बित्तिय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बैंकको प्रगतिको शुभकामना दिए । 
    शाखा प्रमुख संयोग खडकाद्वारा संचालित कार्यक्रममा बैंकका संचालक समिति सदस्य विशेश्वर सुवेदीले अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रमुख सुजन राई, प्रदेश नं. २ का प्रमुख राकेश सिंह यादव, प्रमुख सचिव रमेश भट्टराई, प्रमुख प्रोजेक्ट म्यानेजर रवी पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझीका साथै स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा अन्य स्थानीयवासीको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
जिर्ण सडकका कारण ट्रक पल्टियो
जिर्ण सडकका कारण ट्रक पल्टियो
६ सय तीन वटा राँगाको बलि प्रदान 
६ सय तीन वटा राँगाको बलि प्रदान 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह    
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण