दैनिक समाचारदाता
राजविराज ९ फागुन ।
सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाको महुली बाजारमा बिहीबार कामना सेवा विकास बैंक लिमिटेडले एटिएम सेवासहित सप्तरीमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।
सो शाखाको उद्घाटन एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन । यो सँगै बैंकको केन्द्र सहित देश भरमा ६५ वटा शाखा पुगेको छ ।
सो अवसरमा उनले इन्स्योरेन्स, रेमिट्यान्स, एटिएम सेवा सहितको पुर्ण बैंकिङ्ग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।
गाउँ–गाउँ र शहर शहरमा जनताको वित्तीय पहुँच पु¥याउने उदेश्य ले राजविराज, लाहान, गाइघाट, धरान लगायत २ दर्जन स्थानमा अझै शाखा विस्तार गर्ने योजना सहित निर्माण कार्य सुरु भई अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले एक वर्ष भित्र देशभर केन्द्र सहित १ सय भन्दा बढी शाखा विस्तार भई सक्ने बताए ।
अन्य बैंकको तुलनामा ऋणमा सस्तो व्याजदर, सरल सहज रुपमा कर्जा प्रवाह तथा विश्वसनिय र छिटो छरितो बैंकिक सेवा प्रदान गर्दै आएकोले छोटै समयमा बैंक सर्वसाधारणमा साख बनाउन सफल भएको उनको भनाई थियो ।
अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आफ्नो गाउँपालिकामा कामना सेवा विकास बैंकलाई स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा बित्तिय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बैंकको प्रगतिको शुभकामना दिए ।
शाखा प्रमुख संयोग खडकाद्वारा संचालित कार्यक्रममा बैंकका संचालक समिति सदस्य विशेश्वर सुवेदीले अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रमुख सुजन राई, प्रदेश नं. २ का प्रमुख राकेश सिंह यादव, प्रमुख सचिव रमेश भट्टराई, प्रमुख प्रोजेक्ट म्यानेजर रवी पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझीका साथै स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा अन्य स्थानीयवासीको उपस्थिति थियो ।
महुलीमा एटिएम सेवासहित कामना बैंकको शुभारम्भ
सारांश
- सो शाखाको उद्घाटन एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन ।
- यो सँगै बैंकको केन्द्र सहित देश भरमा ६५ वटा शाखा पुगेको छ ।
- सो अवसरमा उनले इन्स्योरेन्स, रेमिट्यान्स, एटिएम सेवा सहितको पुर्ण बैंकिङ्ग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया