कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना

राजविराज राजविराज
|
बिहिबार, चैत्र १, २०८०
|
|
६३ पटक हेरिएको
Shares
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना

सारांश

  •     राजविराज उच्च अदालत बार एशोसिएशनको सभाहलमा बिहीबार आयोजित अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले २ लाख १ हजार रकमको चेक उच्च बारका अध्यक्ष हरेराम यादवलाई हस्तान्तरण गरेका हुन् ।
  •       आयोजित कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले बुबा काशीराज उपाध्याय र आमा गंगादेवीको सम्झना स्वरुप उक्त अक्षयकोष स्थापनाका लागि अग्रसरता देखाएको बताए ।
  •      “बुबा काशीराज कानुन व्यवसायी हुनुहुन्थ्यो, न्याय क्षेत्रमा थोरै भएपनि योगदान पु¥याउनु भएका पिताको सम्झनामा यो अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हुँ, उनले भने, “यस अक्षयकोषको ब्याजको रकमबाट प्रत्येक वर्ष कानुन दिवसको अवसरमा सार्वजनिक सरोकार, नागरिक हक संरक्षण, समाजसेवाको रुपमा सप्तरीलाई कार्यक्षेत्र बनाएर महत्वपूर्ण योगदान पु¥याएका एक जना व्यक्तित्वलाई सम्मान गर्नु हो ।

दैनिक समाचारदाता
राजविराज, १ चैत ।

    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्वक्याम्पस प्रमुख विष्णुप्रसाद पोखरेलले आफ्नो बुबाआमाको सम्झनामा एक जना कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले राजविराज उच्च अदालत बार एशोसिएशनलाई अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण गरेका छन् । 
    राजविराज उच्च अदालत बार एशोसिएशनको सभाहलमा बिहीबार आयोजित अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले २ लाख १ हजार रकमको चेक उच्च बारका अध्यक्ष हरेराम यादवलाई हस्तान्तरण गरेका हुन् । 
    आयोजित कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले बुबा काशीराज उपाध्याय र आमा गंगादेवीको सम्झना स्वरुप उक्त अक्षयकोष स्थापनाका लागि अग्रसरता देखाएको बताए ।     “बुबा काशीराज कानुन व्यवसायी हुनुहुन्थ्यो, न्याय क्षेत्रमा थोरै भएपनि योगदान पु¥याउनु भएका पिताको सम्झनामा यो अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हुँ, उनले भने, “यस अक्षयकोषको ब्याजको रकमबाट प्रत्येक वर्ष कानुन दिवसको अवसरमा सार्वजनिक सरोकार, नागरिक हक संरक्षण, समाजसेवाको रुपमा सप्तरीलाई कार्यक्षेत्र बनाएर महत्वपूर्ण योगदान पु¥याएका एक जना व्यक्तित्वलाई सम्मान गर्नु हो ।” 
    पूर्वक्याम्पस प्रमुख पोखरेलले आउँदो २०८१ सालको कानुन दिवसमा एक जना व्यक्तित्वलाई सम्मान गर्नका लागि सोही चेकमा १५ हजार रकम थप गरि हस्तान्तरण गरे । 
    आफू क्याम्पस प्रमुखबाट अवकाश प्राप्त गर्ने बेलामा मविव क्याम्पस राजविराजमा ३० लाखको अक्षयकोष स्थापना गरेको स्मरण गर्दै उनले हाल सो अक्षयकोषको अवस्था अनभिज्ञ रहेकोले बुबाआमाको नामबाट बारलाई उपलब्ध गराइएको अक्षयकोषको सदुपयोग हुनेमा कुरामा विश्वस्त रहेको उनको भनाई थियो । 
    सो कार्यक्रममा उच्च बारका पूर्वअध्यक्ष श्यामनारायण साहले यस्तो अक्षयकोष स्थापना स्वागतयोग्य रहेकोले पूर्वक्याम्पस प्रमुख पोखरेलप्रति आभार व्यक्त गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता सुजितकुमार पोखरेलले यस्ता कार्यले सम्पूर्ण कानुन व्यवसायीहरुको मनोबल बढ्नुका साथै अन्य तर्फबाट पनि कोषको रकमलाई बढाउन र सदुपयोग गर्नेतर्फ वर्तमान कार्यसमितिलाई ध्यानाकर्षण गराए । 
    उच्च बारका कोषाध्यक्ष उमाशंकर देवले आउँदो बैशाख २६ गते कानुन दिवस रहेकोले वर्तमान कार्यसमितिले यसका लागि चाडै नै बैठक बसेर कार्यक्रम तय गर्ने बताए । उनले राजविराज वडा नं. ७ निवासी स्व. काशीराज उपाध्याय बि.स. २०२६ सालदेखी २०४५ सालसम्म सप्तरीलाई कार्य क्षेत्र बनाएर कानुन व्यवसायीको रुपमा कार्यरत रहेको जानकारी समेत दिए । 
    उच्च बारका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव दानोदेवी चौधरीले कार्यक्रम संचालन तथा उपाध्यक्ष धर्मेन्द्र यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
पूर्वसांसद एवं जसपा नेता रायको निधन
पूर्वसांसद एवं जसपा नेता रायको निधन
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी