कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना

राजविराज राजविराज
|
बिहिबार, चैत्र १, २०८०
|
|
९५ पटक हेरिएको
Shares
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना

सारांश

  •     राजविराज उच्च अदालत बार एशोसिएशनको सभाहलमा बिहीबार आयोजित अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले २ लाख १ हजार रकमको चेक उच्च बारका अध्यक्ष हरेराम यादवलाई हस्तान्तरण गरेका हुन् ।
  •       आयोजित कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले बुबा काशीराज उपाध्याय र आमा गंगादेवीको सम्झना स्वरुप उक्त अक्षयकोष स्थापनाका लागि अग्रसरता देखाएको बताए ।
  •      “बुबा काशीराज कानुन व्यवसायी हुनुहुन्थ्यो, न्याय क्षेत्रमा थोरै भएपनि योगदान पु¥याउनु भएका पिताको सम्झनामा यो अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हुँ, उनले भने, “यस अक्षयकोषको ब्याजको रकमबाट प्रत्येक वर्ष कानुन दिवसको अवसरमा सार्वजनिक सरोकार, नागरिक हक संरक्षण, समाजसेवाको रुपमा सप्तरीलाई कार्यक्षेत्र बनाएर महत्वपूर्ण योगदान पु¥याएका एक जना व्यक्तित्वलाई सम्मान गर्नु हो ।

दैनिक समाचारदाता
राजविराज, १ चैत ।

    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्वक्याम्पस प्रमुख विष्णुप्रसाद पोखरेलले आफ्नो बुबाआमाको सम्झनामा एक जना कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले राजविराज उच्च अदालत बार एशोसिएशनलाई अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण गरेका छन् । 
    राजविराज उच्च अदालत बार एशोसिएशनको सभाहलमा बिहीबार आयोजित अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले २ लाख १ हजार रकमको चेक उच्च बारका अध्यक्ष हरेराम यादवलाई हस्तान्तरण गरेका हुन् । 
    आयोजित कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले बुबा काशीराज उपाध्याय र आमा गंगादेवीको सम्झना स्वरुप उक्त अक्षयकोष स्थापनाका लागि अग्रसरता देखाएको बताए ।     “बुबा काशीराज कानुन व्यवसायी हुनुहुन्थ्यो, न्याय क्षेत्रमा थोरै भएपनि योगदान पु¥याउनु भएका पिताको सम्झनामा यो अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हुँ, उनले भने, “यस अक्षयकोषको ब्याजको रकमबाट प्रत्येक वर्ष कानुन दिवसको अवसरमा सार्वजनिक सरोकार, नागरिक हक संरक्षण, समाजसेवाको रुपमा सप्तरीलाई कार्यक्षेत्र बनाएर महत्वपूर्ण योगदान पु¥याएका एक जना व्यक्तित्वलाई सम्मान गर्नु हो ।” 
    पूर्वक्याम्पस प्रमुख पोखरेलले आउँदो २०८१ सालको कानुन दिवसमा एक जना व्यक्तित्वलाई सम्मान गर्नका लागि सोही चेकमा १५ हजार रकम थप गरि हस्तान्तरण गरे । 
    आफू क्याम्पस प्रमुखबाट अवकाश प्राप्त गर्ने बेलामा मविव क्याम्पस राजविराजमा ३० लाखको अक्षयकोष स्थापना गरेको स्मरण गर्दै उनले हाल सो अक्षयकोषको अवस्था अनभिज्ञ रहेकोले बुबाआमाको नामबाट बारलाई उपलब्ध गराइएको अक्षयकोषको सदुपयोग हुनेमा कुरामा विश्वस्त रहेको उनको भनाई थियो । 
    सो कार्यक्रममा उच्च बारका पूर्वअध्यक्ष श्यामनारायण साहले यस्तो अक्षयकोष स्थापना स्वागतयोग्य रहेकोले पूर्वक्याम्पस प्रमुख पोखरेलप्रति आभार व्यक्त गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता सुजितकुमार पोखरेलले यस्ता कार्यले सम्पूर्ण कानुन व्यवसायीहरुको मनोबल बढ्नुका साथै अन्य तर्फबाट पनि कोषको रकमलाई बढाउन र सदुपयोग गर्नेतर्फ वर्तमान कार्यसमितिलाई ध्यानाकर्षण गराए । 
    उच्च बारका कोषाध्यक्ष उमाशंकर देवले आउँदो बैशाख २६ गते कानुन दिवस रहेकोले वर्तमान कार्यसमितिले यसका लागि चाडै नै बैठक बसेर कार्यक्रम तय गर्ने बताए । उनले राजविराज वडा नं. ७ निवासी स्व. काशीराज उपाध्याय बि.स. २०२६ सालदेखी २०४५ सालसम्म सप्तरीलाई कार्य क्षेत्र बनाएर कानुन व्यवसायीको रुपमा कार्यरत रहेको जानकारी समेत दिए । 
    उच्च बारका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव दानोदेवी चौधरीले कार्यक्रम संचालन तथा उपाध्यक्ष धर्मेन्द्र यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
आगलागिमा पाँच लाख बढीको क्षति
आगलागिमा पाँच लाख बढीको क्षति
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी