आगलागिमा पाँच लाख बढीको क्षति

राजविराज राजविराज
|
बिहिबार, चैत्र १२, २०७७
|
|
३८ पटक हेरिएको
Shares
आगलागिमा पाँच लाख बढीको क्षति

सारांश

  •     दिउँसो १ बजेतिर भएको उक्त आगलागिमा स्थानिय बिन्दुलाल साह, जिलेविया पाल र रामपृत पालकाृ एक/एक वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       सो आगलागिमा खाद्यान्न, लत्ताकपडा, सुन, चाँदी लगायतका सामानहरु जलेर नष्ट हुँदा पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       लक्ष्मिपुर र कडोरवना सप्तरीबाट खटेको प्रहरी टोली तथा स्थानियवासी, दमकल, नेपाल प्रहरी र शशस्त्र प्रहरीको सहयोगमा आगोलाई पुर्ण रुपमा नियन्त्रण लिएको थियो ।

दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ३ स्थित भुसिमौलिया टोलमा बिहीबार आगलागि हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागिमा २ वटा पाठो, ५० तोला चाँदी, २ तोला सुन पनि जलेर नष्ट भएको छ । 
    दिउँसो १ बजेतिर भएको उक्त आगलागिमा स्थानिय बिन्दुलाल साह, जिलेविया पाल र रामपृत पालकाृ एक/एक वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो आगलागिमा खाद्यान्न, लत्ताकपडा, सुन, चाँदी लगायतका सामानहरु जलेर नष्ट हुँदा पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 
    लक्ष्मिपुर र कडोरवना सप्तरीबाट खटेको प्रहरी टोली तथा स्थानियवासी, दमकल, नेपाल प्रहरी र शशस्त्र प्रहरीको सहयोगमा आगोलाई पुर्ण रुपमा नियन्त्रण लिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?