दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले महोत्तरीलाई ७ बिकेटले पराजित गरेको छ भने पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गरेको छ ।
जनकपुरको बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि महोत्तरीलाई निम्तो दिएपछि महोत्तरीले रवी सिंहको सतकिय पारीको मद्दतले निर्धारित ४५ ओभरको खेलमा ७ बिकेट गुमाई २ सय २२ रनको योगफल तयार पारेको थिया । रवि सिंहले आर्कषक ब्याटिंग गर्दै ८६ बलमा ५ छक्का र १० चौकाको मद्दतले नटआउट रहि १ सय ८ रनको योगदान दिएका थिए । यस्तै राजकुमार साहानी २६, आदित्य झा २१ र शौरभ नागबन्सीले २० रनको योगदान दिएका थिए ।
यता बलिङतर्फ सप्तरीका रोहित सिंह, अनुज यादव, महवुव आलम, रोबिन सिंह, बिकास दास र राहुल मण्डलले १÷१ बिकेट लिएका थिए ।
२ सय २३ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले महवुव आलम र आशिष झाको उत्कृष्ट ब्याटिंगका कारण उक्त लक्ष्य सजिलै २६ ओभर ३ बलमै ३ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो । जसमा महवुव आलमले सतकिय पारी खेल्दै बिस्फोटक ४७ बलमा ८ चौक्का र १० छक्काको मद्दतले नटआउट रहि १ सय १ रनको योगदान दिएका थिए भने आशिष झाले ५० बलमा ५ चौक्का र ४ छक्काको मद्दतले ६३ रनको योगदान दिएका थिए ।
यता बलिङतर्फ महोत्तरीका मो. युसुफ, राहुल प्रताप सिंह र पुरज ढुंगेलले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बिष्फोटक ब्याटिंग गरेका सप्तरीका कप्तान महवुव आलम घोषित भए ।
यता प्रतियोगिता अन्र्तगत आईतवारै बाराको सिद्धेश्वरमा संचालित अर्को खेलमा पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।
सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेपछि ब्याटिंग गर्न ओर्लेको सर्लाहिले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ५ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ९२ रनमै समेटिएको थियो । सर्लाहिका लागि सुधिर चौधरीले ५९ बलमा १ चौक्का र १ छक्काको मद्दतले २७ तथा सोहन यादव १६ र पप्पु दासले नटआउट रहि १६ रनको योगदान दिएका थिए । बलिङतर्फ पर्साका सैफुल्लाह अंसारीले उत्कृष्ट बलिंग गर्दै ६ ओभर ५ बलमा १ मेडन सहित ११ रन दिई ३ बिकेट लिएका थिए भने समसाद अंसारीले ३ तथा सम्साद मंसुरीले २ बिकेट लिएका थिए ।
९३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १६ ओभर ३ बलमा ३ बिकेटको नोक्सानीमा भेटाएको थियो । पर्साका लागि सन्तोष कार्किले नटआउट रहि ४६ बलमा ५ चौक्का र १ छक्काको मद्दतले ३६ रन तथा सुरज प्रसाद कुर्मिले २० र सैफालि हवारीले नटआउट रहि २० रनको योगदान दिएका थिए । बलिङतर्फ सर्लाहिका मेराज मिकरानीले २ तथा गुलसन झाले १ बिकेट लिएका थिए । उत्कृष्ट बलिङ गरे वापत पर्साका सैफुल्लाह अंसारी म्यान अफ द म्याच भएक थिए ।
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी
सारांश
- जनकपुरको बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि महोत्तरीलाई निम्तो दिएपछि महोत्तरीले रवी सिंहको सतकिय पारीको मद्दतले निर्धारित ४५ ओभरको खेलमा ७ बिकेट गुमाई २ सय २२ रनको योगफल तयार पारेको थिया ।
- रवि सिंहले आर्कषक ब्याटिंग गर्दै ८६ बलमा ५ छक्का र १० चौकाको मद्दतले नटआउट रहि १ सय ८ रनको योगदान दिएका थिए ।
- यस्तै राजकुमार साहानी २६, आदित्य झा २१ र शौरभ नागबन्सीले २० रनको योगदान दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया