ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड

राजविराज राजविराज
|
शुक्रबार, पौष ११, २०८२
|
|
४७ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड

सारांश

  •     आयोजित ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मा सहभागी वक्ताहरुले जेष्ठ नागरिक समाजको प्रेरणाका स्रोत भएकोले उनीहरुको संरक्षण र उनीहरुबाट शिक्षा लिदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
  •     कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवं जयेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामनरेश सिंहले जेष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।
  •     नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली ज्येष्ठ नागरिक देशकै सम्पति भएको जिकिर गर्दै उनीहरुको संरक्षणमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 

    पाँचौ जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । 
    आयोजित ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मा सहभागी वक्ताहरुले जेष्ठ नागरिक समाजको प्रेरणाका स्रोत भएकोले उनीहरुको संरक्षण र उनीहरुबाट शिक्षा लिदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
    कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवं जयेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामनरेश सिंहले जेष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।
    नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली ज्येष्ठ नागरिक देशकै सम्पति भएको जिकिर गर्दै उनीहरुको संरक्षणमा जोड दिए ।
    ज्येष्ठ नागरिक संघ मधेश प्रदेशका पुर्व अध्यक्ष शंकर सारदाले जेष्ठ नागरिकको जिवन यापन सहज बनाउन परिवार, समाज, विभिन्न संघ संस्थाका साथै राज्यले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।
    पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका अध्यक्ष चन्द्रदेव मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी हितनाराण दास, पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह लगायतले पनि शुभकामना दिदै जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा जयेष्ठ नागरिक जिल्ला संघले ८० बर्ष भन्दा माथिका ८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राजविराजका नन्दलाल साह, झौली नौनियाँ, विजय तातेड, मैना देवी जोशी, बरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह, रामकृष्ण गौतम तथा राजगढ गाउँपालिकाका फेकु दास छन् ।
    यस्तै पुर्व कर्मचारी सेवा परिषद नेपालले सेवानिवृत्त भई ७८ बर्ष पुगेका ४ जना पुर्व कर्मचारीलाई सम्मान गरेको छ ।
    सम्मानि हुनेहरुमा प्रयागलाल यादव, गंगालाल साह, गणेश प्रसाद साह र जगदीश मेहता छन् । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन जेष्ठ नागरिक जिल्ला संघका सचिव बैद्यनाथ झाले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन