सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण

राजविराज राजविराज
|
सोमबार, बैशाख ५, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण

सारांश

  •     पुनः गणनामा एक मतले निर्वाचित भएका यादवलाई सोमबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।
  •     पदस्थापन कार्यक्रममा सभासद् रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रीय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झा, यूवा नेता मो.
  • इर्साद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ बैशाख । 
    नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेस सप्तरीको उपसभापतिमा रामकुमार यादवलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र दिएपछि उनले सोमबार पदभार ग्रहण गरेका छन् ।
    पुनः गणनामा एक मतले निर्वाचित भएका यादवलाई सोमबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।
    पदस्थापन कार्यक्रममा सभासद् रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रीय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झा, यूवा नेता मो. इर्साद अन्सारीलगायतको उपस्थिति रहेको थियो । 
    संस्थापन पक्षका रामप्रसाद मण्डलसँग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए । यादवको उजुरीपछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको हो । 
    यसअघि केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयको भत्र्सना गर्दै संस्थापन पक्षले उक्त निर्णय बदरको माग गरेको छ । निर्णय बदर नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
    केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।        

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन