राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै

राजविराज राजविराज
|
बिहिबार, चैत्र २२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै

सारांश

  •     नेपाल जेसीजद्वारा चैत २३ र २४ गते चितवनको सौरहामा आयोजना हुन लागेको “२०२४ नेपाल जेसीज लोम लिडर्स एकेडेमी“ कार्यक्रममा राजविराज जेसीजलाई सो पुरस्कारबाट सम्मानित गरिने हो ।
  •       राजविराज जेसीज लगायत वर्तमान समयमा देशभरी रहेका १ सय ७८ नेपाल जेसीजका शाखाहरू मध्येबाट टास्क पुरा गरेका सम्पूर्ण शाखाहरूलाई १०० प्रतिशत प्रभावकारिता पुरस्कारबाट सम्मानित गरिनेछ ।
  •     “यो सम्मानको लागि नेपाल जेसीजप्रति हार्दिक आभार व्यक्त गगर्दछु, यस सफलताको श्रेय राजविराज जेसीज वर्ष २०२४ का सम्पूर्ण बोर्डका पदाधिकारी, सदस्य, पूर्वअध्यक्षहरू लगायत सहयोगी समेतलाई हार्दिक नमन गर्दछु ।

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।

    नेपाल जेसीजद्वारा २०२४ फेब्रअरी र मार्च महिनामा दिइएको टास्कहरू सफलतापूर्वक सम्पन्न गरि उत्कृष्ट कार्य गरे वापत राजविराज जेसीज १०० प्रतिशत प्रभावकारिता पुरस्कारबाट सम्मानित हुने भएको छ । 
    नेपाल जेसीजद्वारा चैत २३ र २४ गते चितवनको सौरहामा आयोजना हुन लागेको “२०२४ नेपाल जेसीज लोम लिडर्स एकेडेमी“ कार्यक्रममा राजविराज जेसीजलाई सो पुरस्कारबाट सम्मानित गरिने हो । 
    राजविराज जेसीज लगायत वर्तमान समयमा देशभरी रहेका १ सय ७८ नेपाल जेसीजका शाखाहरू मध्येबाट टास्क पुरा गरेका सम्पूर्ण शाखाहरूलाई १०० प्रतिशत प्रभावकारिता पुरस्कारबाट सम्मानित गरिनेछ ।
    “यो सम्मानको लागि नेपाल जेसीजप्रति हार्दिक आभार व्यक्त गगर्दछु, यस सफलताको श्रेय राजविराज जेसीज वर्ष २०२४ का सम्पूर्ण बोर्डका पदाधिकारी, सदस्य, पूर्वअध्यक्षहरू लगायत सहयोगी समेतलाई हार्दिक नमन गर्दछु ।” राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले भने, “अगामी दिनमा समेत सबैको साथ र सहयोग रहे शाखाले उत्कृष्ट कार्य गर्दै जानेछ ।”
    राजविराज जेसीजले दुई महिनाको अवधीमा जिल्लामा ४९औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन सम्बन्धी जनचेतनामूलक कार्यक्रम, ट्राफिक जनचेतनामूलक कार्यक्रम, वर्ष २०२४ को पहिलो सञ्चालक समितिको बैठक, पदाधिकारीहरूद्वारा ’’श्री जेसीज आधारभूत विद्यालय, पौंवा’’ भ्रमण, नेपाल जेसीजको आयोजना र धरान जेसीजको आथित्यतामा बहु शाखा संसदीय बैठक प्रणालीमा राजविराज जेसीजको सहभागीता, गोलबजार जेसीजको आथित्यतामा बहुशाखा लोम अफिसर्स प्रशिक्षणमा राजविराज जेसीजको सहभागीता, राजविराज जेसीजद्वारा क्षेत्र ’क’ वर्ष २०२४ का शाखा अध्यक्षहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
    त्यस्तै महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, महाशिवरात्रीको उपलक्ष्यमा पूजा सामग्री तथा प्रसाद वितरण कार्यक्रम, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरममा अन्तरक्रिया कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, जेसिआई एक्सन फ्रेमवर्क तालिम, वर्ष २०२४ को दोस्रो सञ्चालक समितिको बैठक, होली मिलन कार्यक्रम र सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न गरेको अध्यक्ष आनन्दले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
ठूलो परिमाणमा पटाका बरामदपछि नष्ट
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु