घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै

राजविराज राजविराज
|
बुधबार, मंसिर १२, २०८१
|
|
१९ पटक हेरिएको
Shares
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै

सारांश

  •     पेशाले मजदुर रहेका राजविराज ६ निवासी रमेश सदाको उपचारका लागी वडा र नगरपालिका कार्यालयले पहल थालेको छ ।
  •       यसै क्रममा सदाकी पत्नी रम्भालाई बुधवार वडाअध्यक्ष शशी चौधरीले श्रीमानको उपचार गराउन १० हजार रुपैया सहयोग गरेका छन ।
  •       यसका अतिरिक्त उनले राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 

    नशा च्यापिएर उपचार गर्न असमर्थ रहेका विगत एक महिनादेखी घर मै राखिएका एक मजदुरको उपचारका लागी पहल र सहयोग जुट्न थालेको छ । 
    पेशाले मजदुर रहेका राजविराज ६ निवासी रमेश सदाको उपचारका लागी वडा र नगरपालिका कार्यालयले पहल थालेको छ । 
    यसै क्रममा सदाकी पत्नी रम्भालाई बुधवार वडाअध्यक्ष शशी चौधरीले श्रीमानको उपचार गराउन १० हजार रुपैया सहयोग गरेका छन । 
    यसका अतिरिक्त उनले राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन । 
    सदाको उपचाका लागी राजविराज नगरपालिकाले समेत ५० हजारको सहयोग गर्ने तयारी गरेको कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताइन ।
    पेशाले मजदुर २७ वर्षिय सदा एक महिना अघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक ढलेर अचेत भएका थिए । उनको टाउँको, घाँटी र ढाडमा चोट लाग्नुका साथै घाँटी र ढाडको नशा च्यापिएको थियो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेका सदाको उपचारमा डेढ लाख रुपैया लाग्ने भएपछी रकम अभावमा उनलाई अहिले घरकै ओच्छ्यान मै राखिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?