दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
राजविराज नगरपालिका ७ हटिया की २० वर्षिया रोशनी कुमारी साह वेपत्ता भएको बुधवार २६ दिन पुगेको छ । तर अहिले सम्म उनको पत्तो छैन ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित रामन्दिर दर्शनका लागि परिवारसहित पुगेकी रोशनी त्यहीबाट वेपत्ता भएकी हुन् ।
रोशनीका परिवार, आफन्तजन र साथी भाई समेत फोटो बोकेर सम्भावित स्थानहरु आफै खोजीमा भौतारिएका छन । आमा पृmुल कुमारी, बुवा विरेन्द्र र दाजु विकास संगै फागुन ३ गते शनीवारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नंं.गेटमा अचानक उर्लिएको भीडमा उनी सम्पर्क विहीन भएको परिवारजनको भनाई छ ।
मंगलवार राजविराज फर्किएका परिवारजनले खोजतलासका क्रममा लामो समयसम्म अयोध्यामा वस्दा पनि कतैबाट कुनै सुराक फेला पार्न नसकिएको र निराश भई फर्किएको सुनाए ।
परिवारजनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय प्रहरीको एसएचओ अभिमन्यु शुक्ला, सिओ अरुण श्रीवास्तव र सिएएसइआइओ आशुतोष तिवारी लगायतका प्रहरीका उच्च अधिकारी समेतलाई भेटेर खोजतलासका लागी सहयोग गर्न आग्रह गरेका थिए । तर अहिले सम्म सफलता मिल्न सकेको छैन ।
भारतीय प्रहरीले उत्तर प्रदेशका ८४ वटा थाना क्षेत्रमा रोशनीको चित्र अंकित पोस्टहरु समेत पर्खालहरुमा टाँसेर खोजतलास गरिरहेको साह परिवारले जानकारी दिए ।
भारतीय प्रहरीले मन्दीर परिसर तथा आसपासका सीसीटीभी क्यामेराका फुटेज पनि नियालेका छन । जसमा उक्त दिन कालो सुरुवाल, गुलावी कुर्ता र सेतो स्वेटर लगाएकी रोशनी कालो ब्याग झुण्ड्याएर मन्दिरको ५ सय मिटरको दुरीमा रहेको दन्ताबनकुण्ड तर्फ बढी रहेको र सेतो टिसर्ट लगाएका तीन जना युवक एक आपसमा केही इशारा गर्दै उनलाई पच्छाइरहेको स्पस्ट देखिन्छ् । कुन्डको गेट भित्र प्रवेश गरेपछी भने सीसीटीभी क्यामेरा जडान नभएका कारण त्यसपछीको अवस्था बुझ्न कठिन भएको भारतीय प्रहरीको भनाइ रहेको छ ।
यद्धपी रोशनीको हुलीया सर्कूलर गर्नूका साथै ८४ वटा थाना क्षेत्रमा पोस्टर समेत टाँस गरी खोजी कार्य जारी राखेको भारतीय प्रहरीलाई उद्यत गर्दै साह परिवारले जनाएको छ ।
सीसीटीभी फुटेजमा देखिएको रोशनीलाई पच्छाई रहेका तीन जना युवकले अपहरण गरेको हुन सक्ने आशंका समेत ब्यक्त गर्दै परिवारजनले सो कोणबाट पनि अनुसन्धान तथा रोशनीको अवस्था पत्ता लगाई सकुशल उद्धारमा सहयोग गर्न सबैसँग अपिल गरेका छन ।
यस क्रममा साह परिवारले मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहलाई समेत भेटेर सहयोगका लागी भारत सरकार संग पहल गर्न आग्रह गरेका छन । रोशनीले प्रयोग गरेको मोवाईल सो दिन संयोगवश अभिभावक सित नै छाडेकाले मोबाइलको प्राविधीक पक्षबाट अनुसन्धान गर्ने पाटो पनि बन्द भएको भारतीय प्रहरीहरुले बताएको परिवारजनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तीर्थयात्राका लागि भारतको अयोध्या पुगेकी राजविराजकी रोशनी सम्पर्कबिहीन भएको भनी परिवारजनबाट जानकारी प्राप्त भएको तथा भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय गरि खोजतलासमा सहयोग गर्न पहल गरेको जनाएका छन् ।
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
सारांश
- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित रामन्दिर दर्शनका लागि परिवारसहित पुगेकी रोशनी त्यहीबाट वेपत्ता भएकी हुन् ।
- रोशनीका परिवार, आफन्तजन र साथी भाई समेत फोटो बोकेर सम्भावित स्थानहरु आफै खोजीमा भौतारिएका छन ।
- आमा पृmुल कुमारी, बुवा विरेन्द्र र दाजु विकास संगै फागुन ३ गते शनीवारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नंं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया