६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु

राजविराज राजविराज
|
सोमबार, जेठ २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु

सारांश

  •     तालिम उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सहकारी बैंक समेतले बैंकका शेयर सदस्यहरुको आबश्यक्ता अनुसार आधारभुत, मध्यम तथा उच्च स्तरका तालिमहरु संचालन गर्दै सहकारी संस्थाहरुको क्षमता तथा गुणस्तर सुधारमा सहयोग गर्दै आएको जानकारी दिएका छन् ।
  •        जिल्लाका ५५ सहकारी संघ संस्थाबाट ५७ जनाको सहभागिता रहको तालिममा जिल्ला सहकारी संघ सप्तरीका लेखा समितिका संयोजक सचिन्द्र दास, जिल्ला बचत तथाऋण सहकारी संघ सप्तरीका अध्यक्ष तोयानाथ पोखरेल, सहकारी बैंकका राजबिराज शाखा प्रमुख बिष्णुप्रसाद पराजुली तथा प्रदेश मन्त्रालायका बिज्ञहरुले सहजिकरण गर्ने जनाइएको छ ।
  •       जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराजका शाखा प्रमुख विष्णु प्रसाद पराजुली, जिल्ला सहकारी संघका लेखा संयोजक सचिन्द्र दास, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संचालक नरसिंह यादवले शुभकामना व्यक्त गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
    प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको बित्तिय सहयोग तथा जनज्योती कृषि सहकरी संस्था राजबिराज ९ मलेठको आयोजनामा सोमबारदेखी राजविराजमा ६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु भएको छ । 
    तालिम उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सहकारी बैंक समेतले बैंकका शेयर सदस्यहरुको आबश्यक्ता अनुसार आधारभुत, मध्यम तथा उच्च स्तरका तालिमहरु संचालन गर्दै सहकारी संस्थाहरुको क्षमता तथा गुणस्तर सुधारमा सहयोग गर्दै आएको जानकारी दिएका छन् । 
     जिल्लाका ५५ सहकारी संघ संस्थाबाट ५७ जनाको सहभागिता रहको तालिममा जिल्ला सहकारी संघ सप्तरीका लेखा समितिका संयोजक सचिन्द्र दास, जिल्ला बचत तथाऋण सहकारी संघ सप्तरीका अध्यक्ष तोयानाथ पोखरेल, सहकारी बैंकका राजबिराज शाखा प्रमुख बिष्णुप्रसाद पराजुली तथा प्रदेश मन्त्रालायका बिज्ञहरुले सहजिकरण गर्ने जनाइएको छ । 
    जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराजका शाखा प्रमुख विष्णु प्रसाद पराजुली, जिल्ला सहकारी संघका लेखा संयोजक सचिन्द्र दास, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संचालक नरसिंह यादवले शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?