दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य बालकिशोर यादव मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको क्षेत्र नं. ४ बोदेबर्साईन घर भएका यादव जसपा नेपालबाट २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी हुन् ।
राष्ट्रिय स्वतन्त्र सप्तरी क्षेत्र ४ का उम्मेदवार सिताराम साहले बोदेबर्साईनस्थित पार्टी कार्यालय घण्टी घरमा केन्द्रीय सदस्य यादवलगायत दुई सय जनालाई फूलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।
उनीसँगै बोदेबर्साईन ३ भई राष्ट्रिय एकता पार्टीबाट दोस्रो संविधानसभाका प्रत्यासी कृषनन्दन यादव पनि रास्वपामा प्रवेश गरेका हुन् ।
यसअघि, मधेसी निजामति कर्मचारी मञ्चका पूर्वउपाध्यक्ष तथा नेपाल निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन सिरहाका पूर्वअध्यक्ष अम्रेन्द्र यादवले पनि रास्वपामा प्रवेश गरेका छन् । बोदेबर्साईन १ धनगढीका यादवसँँग असर्फी यादवलगायत रास्वपामा प्रवेश गरेका हुन् । उनीहरूलाई जेनजी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषोत्तम यादवले फूलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
सारांश
- सप्तरीको क्षेत्र नं.
- ४ बोदेबर्साईन घर भएका यादव जसपा नेपालबाट २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी हुन् ।
- राष्ट्रिय स्वतन्त्र सप्तरी क्षेत्र ४ का उम्मेदवार सिताराम साहले बोदेबर्साईनस्थित पार्टी कार्यालय घण्टी घरमा केन्द्रीय सदस्य यादवलगायत दुई सय जनालाई फूलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया