दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सप्तरीका १८ वटा स्थानीय तहमध्ये १३ वटा पालिकाले मात्र गाउँसभा सम्पन्न गरेका छन् । ५ वटाले अझै सभा सम्पन्न गर्न सकेका छैनन् ।
सप्तरीको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।
आर्थिक वर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।
यता नगर तथा गाउँसभा गर्न नसकेका पाँच स्थानीय तहले भने गाउँ÷नगर सभाको मितिसमेत तय गर्न सकिरहेका छैनन् ।
यस्तै मधेस प्रदेशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याए पनि २३ वटा पालिकाले भने निर्धारित समयमा विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् ।
मधेस प्रदेशका १ सय १३ पालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् । अन्यले भने दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुनु र योजना छनोटमा ढिलाइ भएका कारण समयमै नगर तथा गाउँसभा गर्न नसक्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएका छन् ।
सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
सारांश
- सप्तरीको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।
- आर्थिक वर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।
- यता नगर तथा गाउँसभा गर्न नसकेका पाँच स्थानीय तहले भने गाउँ÷नगर सभाको मितिसमेत तय गर्न सकिरहेका छैनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया