वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, मंसिर २८, २०७६
|
|
५० पटक हेरिएको
Shares
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन

सारांश

  •     सुक्ष्म अनुसन्धानै नगरी झुठो मुद्दा लगाई प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको भन्दै काँग्रेसले सो विरोध प्रदर्शन गरेको हो ।
  •       नियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाइएको भन्दै काँग्रेसले झुठा मुद्दा खारेजगरी अबिलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।
  •       स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    नेपाली काँग्रेस सप्तरीले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै शुक्रबार राजविराजमा विरोध प्रदर्शन गरेको छ । 
    सुक्ष्म अनुसन्धानै नगरी झुठो मुद्दा लगाई प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको भन्दै काँग्रेसले सो विरोध प्रदर्शन गरेको हो । 
    नियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाइएको भन्दै काँग्रेसले झुठा मुद्दा खारेजगरी अबिलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ । 
    स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । 
    महिलाहरु समेत सहभागितामा स्थानिय राजरंगशालाबाट निस्केको बिरोध जुलुस प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाईएको छ ।
    ज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उजुरीको आधारमा सत्यतथ्य छानविन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडा आपत्ती जनाउँदै घटनाको उच्चस्तरिय छानविन हुनुपर्ने माग गरिएको छ । 
    यता नेपाली काँग्रेसका सभापति दिनेश कुमार यादवले स्थानिय केही व्यक्तिले षडयन्त्र गरी वडाध्यक्ष साहलाई फसाउन खोजेको दावी गर्दै झुठा मुद्दा खारेजी नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?