दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
राजबिराज नगरपालिका नगर प्रमुख शंभु प्रसाद यादबले वडा २ को नवनिर्मित भवनको उदघाटन गरेका छन् ।
बुधवार एक कार्यक्रम बिच उनले राजबिराज वडा २ को नवनिर्मित भवनको उदघाटन गरेका हुन् । राजबिराज नगरपालिकाको सहयोगमा कुल ५२ लाख बराबरको लागतमा भवन निर्माण गरिएको वडा अध्यक्ष अरूण यादबले जानकारी दिए।
सो अवसरमा वडाका जेष्ठ नागरिक,एकल महिला,अपांगता भएका हरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उनीहरुलाई छाता र जेष्ठ नागरिकलाई हिडडुल गर्न लौरो वितरण गरिएको छ ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यादबले वडा २ स्थित निर्माणिधन बस पार्क केही महिना भित्रै सञ्चालनमा ल्याउने प्रतिद्धता समेत जनाए ।
मेयर यादबले भने–‘सघन शहरी र राजबिराज नगरपालिकाको समन्वयमा नगर भित्र १५ किलो मिटरको सडकमा कालोपत्रे कार्य अन्तिम चरणमा रहेको छ र हटियाको भवन निर्माण कार्य पनि अन्तिम चरणमा रहेकोले चाडै सुचारू हुने छन् ।‘
कार्यक्रममा पुर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबले अगामी स्थानिय तहको चुनावमा स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउनु पर्ने जोड दिए ।
वडा अध्यक्ष अरूण यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सत्तिश कुमार सिंह, राजबिराज वडा १२ का अध्यक्ष हरिहर यादब, नेपाल पत्रकार महासँघ का सहसचिव चन्दन कुमार यादब, जेष्ठ नागरिक रामदेव यादब, नगरपालिका ईन्जिनियर असोक दास लगायतले शुभकामना दिएका थिए ।
वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान
सारांश
- बुधवार एक कार्यक्रम बिच उनले राजबिराज वडा २ को नवनिर्मित भवनको उदघाटन गरेका हुन् ।
- राजबिराज नगरपालिकाको सहयोगमा कुल ५२ लाख बराबरको लागतमा भवन निर्माण गरिएको वडा अध्यक्ष अरूण यादबले जानकारी दिए।
- सो अवसरमा वडाका जेष्ठ नागरिक,एकल महिला,अपांगता भएका हरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उनीहरुलाई छाता र जेष्ठ नागरिकलाई हिडडुल गर्न लौरो वितरण गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया