पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह 

राजविराज राजविराज
|
बुधबार, मंसिर २५, २०७६
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  •     कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो ।
  • आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो ।
  •       उहाँले भन्नुभयो, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।

अरुणकुमार यादव
राजविराज, २४ मङ्सिर (रासस) ।
    सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । 
    कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो । 
    उहाँले भन्नुभयो, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक  पनि यो दहमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण दहमा रमाउन पुग्ने गरेका छन् । 
    पछिल्लो समय यो दहमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी सम्वत्, नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण यो दह खचाखच भरिएको हुन्छ । हिजो÷आज दैनिक १० देखि १५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।  
    यस क्षेत्रमा  शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र  बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन  र मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासी श्याम यादवले बताउनुभयो ।  
    वडाध्यक्ष रमानन्द चौधरीका अनुसार ठाकुरबाबा तालका रुपमा चिनिएका यो दह प्राकृतिक रुपमा सुन्दर र मनोरन्जनका दृश्यले भरिपूर्ण छ । तालको उत्तरपट्टीको भागमा हरियो जङ्गलभित्र पिकनिक अर्थात वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ ।  त्यस्तै खानेपानी, शौचालयका साथै तालमा डुङ्गाको (बोटिङ) व्यवस्थासमेत गरिएको छ । 
    सप्तरी सदरमुकाम राजविराजको हुलाकी सडकखण्डदेखि कञ्चनपुर रोड हुँदै करीब १३ किलोमिटर ग्राभेल कच्ची बाटो रहेको लोहजारा दह अर्थात ठाकुरबाबा तालले ११ दशमलव ९ किलोमिटर क्षेत्रफल ओगटेको छ ।  चुरे जङ्गलको ८३ दशमलव १३ हेक्टर क्षेत्रफलसँग जोडिएको तालमा, रहु, नैनी, भाकुर, बिघेट, सिलबर, कमनकारजस्ता माछाले पर्यटकलाई लोभ्याउने गरेको छ ।  
    दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा शयर, विभिन्न प्रजातीका पंक्षीहरु र त्यहाँका मनोरम वातावरणले जो कोही लठ्ठिने गरेको वडाध्यक्ष चौधरीको भनाइ छ । 
    पछिल्लो पटक प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।  
    उहाँका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यतामा रौनकता थपिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
    सामाजिक विकास मन्त्रालयको सहयोगमा लोहजारा दहको प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वारलगायतका कार्य अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौदर्यतामा रौनकता थपिएको छ । 
    ठाकुर बाबा दहको नामले समेत परिचित उक्त दहलाई तात्कालीन नेपाली सेनाको टोलीले संरक्षण एवम् जिर्णोद्धार गरी समुदायलाई हस्तान्तरण गरेका थिए । पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी जिर्णोद्धार गरिएको उक्त स्थलको उद्घाटन तात्कालीन राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो । 
    यद्यपि दह क्षेत्रमा अझैं पूर्वाधार तथा सुविधाको अभाव रहेकाले आफू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप सहयोगका लागि पहल जारी राखेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।  
    लोहजरा दहजस्तो अर्को मनोरम एवं पर्यटकीय गन्तव्य नरहेको दाबी गर्दै उहाँले यसको व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास जारी राखेको बताउनुभयो । “अवको केही वर्षभित्रै यो दहलाई देशकै नमूना दहको रुपमा स्थापित गराउने र टाढा टाढाबाट पर्यटक लोभ्याउन महोत्सवको आयोजनासमेत गर्ने गृहकार्यमा जुटेका छौं”, वडाध्यक्ष चौधरीले भन्नुभयो ।  
    आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको लोहजार दह अर्थात ठाकुरबाबा तालमा वाह्य पर्यटकलाई आकर्षित गराउनका लागि यसको प्रसारप्रसारमा जोड दिनुपर्नेमा स्थानीयवासी एकमत देखिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
ढिस्कोले पुरिएर मजदुरको मृत्यु
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग 
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग 
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु