पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह 

राजविराज राजविराज
|
बुधबार, मंसिर २५, २०७६
|
|
७५ पटक हेरिएको
Shares

सारांश

  •     कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो ।
  • आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो ।
  •       उहाँले भन्नुभयो, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।

अरुणकुमार यादव
राजविराज, २४ मङ्सिर (रासस) ।
    सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । 
    कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो । 
    उहाँले भन्नुभयो, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक  पनि यो दहमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण दहमा रमाउन पुग्ने गरेका छन् । 
    पछिल्लो समय यो दहमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी सम्वत्, नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण यो दह खचाखच भरिएको हुन्छ । हिजो÷आज दैनिक १० देखि १५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।  
    यस क्षेत्रमा  शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र  बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन  र मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासी श्याम यादवले बताउनुभयो ।  
    वडाध्यक्ष रमानन्द चौधरीका अनुसार ठाकुरबाबा तालका रुपमा चिनिएका यो दह प्राकृतिक रुपमा सुन्दर र मनोरन्जनका दृश्यले भरिपूर्ण छ । तालको उत्तरपट्टीको भागमा हरियो जङ्गलभित्र पिकनिक अर्थात वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ ।  त्यस्तै खानेपानी, शौचालयका साथै तालमा डुङ्गाको (बोटिङ) व्यवस्थासमेत गरिएको छ । 
    सप्तरी सदरमुकाम राजविराजको हुलाकी सडकखण्डदेखि कञ्चनपुर रोड हुँदै करीब १३ किलोमिटर ग्राभेल कच्ची बाटो रहेको लोहजारा दह अर्थात ठाकुरबाबा तालले ११ दशमलव ९ किलोमिटर क्षेत्रफल ओगटेको छ ।  चुरे जङ्गलको ८३ दशमलव १३ हेक्टर क्षेत्रफलसँग जोडिएको तालमा, रहु, नैनी, भाकुर, बिघेट, सिलबर, कमनकारजस्ता माछाले पर्यटकलाई लोभ्याउने गरेको छ ।  
    दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा शयर, विभिन्न प्रजातीका पंक्षीहरु र त्यहाँका मनोरम वातावरणले जो कोही लठ्ठिने गरेको वडाध्यक्ष चौधरीको भनाइ छ । 
    पछिल्लो पटक प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।  
    उहाँका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यतामा रौनकता थपिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
    सामाजिक विकास मन्त्रालयको सहयोगमा लोहजारा दहको प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वारलगायतका कार्य अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौदर्यतामा रौनकता थपिएको छ । 
    ठाकुर बाबा दहको नामले समेत परिचित उक्त दहलाई तात्कालीन नेपाली सेनाको टोलीले संरक्षण एवम् जिर्णोद्धार गरी समुदायलाई हस्तान्तरण गरेका थिए । पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी जिर्णोद्धार गरिएको उक्त स्थलको उद्घाटन तात्कालीन राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो । 
    यद्यपि दह क्षेत्रमा अझैं पूर्वाधार तथा सुविधाको अभाव रहेकाले आफू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप सहयोगका लागि पहल जारी राखेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।  
    लोहजरा दहजस्तो अर्को मनोरम एवं पर्यटकीय गन्तव्य नरहेको दाबी गर्दै उहाँले यसको व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास जारी राखेको बताउनुभयो । “अवको केही वर्षभित्रै यो दहलाई देशकै नमूना दहको रुपमा स्थापित गराउने र टाढा टाढाबाट पर्यटक लोभ्याउन महोत्सवको आयोजनासमेत गर्ने गृहकार्यमा जुटेका छौं”, वडाध्यक्ष चौधरीले भन्नुभयो ।  
    आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको लोहजार दह अर्थात ठाकुरबाबा तालमा वाह्य पर्यटकलाई आकर्षित गराउनका लागि यसको प्रसारप्रसारमा जोड दिनुपर्नेमा स्थानीयवासी एकमत देखिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी