दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको राजगढ गाउँपालिका १ स्थित झुटकीमा शुक्रबार प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक रमेश रन्जितकारले एक समारोहका बीच उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश नम्बर २ संघीय प्रहरी ईकाई कार्यालय जननपुरका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमाशंकर पंजियार, प्रदेश २ प्रहरी तालिम केन्द्र जनकपुर–राजबिराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, भिम दल गण राजबिराजका प्रमुख सेनानी निरज भण्डारीको उपस्थित रहेको थियो ।
यसैगरी सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी गण राजबिराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ स्थानीय जनप्रतिनिधि, राजनैनिक दलका प्रतिनिधिलगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।
प्रदेश नम्बर २ आन्तरिक मामिला तथा संचार मन्त्रालय जनकपुरको आर्थिक सहयोगमा नवनिर्मित भवन तथा नागारिक सहायता कक्षको समेत उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
सारांश
- प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक रमेश रन्जितकारले एक समारोहका बीच उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
- उक्त अवसरमा राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश नम्बर २ संघीय प्रहरी ईकाई कार्यालय जननपुरका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमाशंकर पंजियार, प्रदेश २ प्रहरी तालिम केन्द्र जनकपुर–राजबिराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, भिम दल गण राजबिराजका प्रमुख सेनानी निरज भण्डारीको उपस्थित रहेको थियो ।
- यसैगरी सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी गण राजबिराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ स्थानीय जनप्रतिनिधि, राजनैनिक दलका प्रतिनिधिलगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया